PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​गोप्रोलाई सियोमीको चुनौति सियोमी यी



पहिलोपोस्ट

​गोप्रोलाई सियोमीको चुनौति सियोमी यी

सानो र पानीभित्रसमेत सुट गर्न मिल्ने गोप्रो क्यामरा धेरैका लागि अझै नयाँ नै हो। हाइ क्वालिटी स्टिल र भिडियोग्राफीका लागि प्रयोग हुने गोप्रो एड्भेन्चरमा रुची हुनेका लागि त पहिलो रोजाइ नै हुने गर्छ। नेपालमा आधिकारिक रुपमा गोप्रोको बिक्री हुँदैन तर यसका प्रयोग गर्नेको संख्या उल्लेख्य छ।

चीनको मोबाइल उत्पादक कम्पनी सियोमीले गोप्रो हिरो क्यामराजस्तै क्यामरा ल्याएको छ - सियोमी यी एक्सन क्यामरा। हेर्दा यो क्यामरा गोप्रो झै लाग्छ। यसका फिचरहरु पनि गोप्रोसँगै मिल्छ। अब यसले गोप्रोको बजारमध्ये कति खोस्न सक्छ त्यो भने समयले नै बताउनेछ।

फोर के भिडियो खिच्न सक्ने यो क्यामराको पहिलो भर्सन २०१५ मा नै लन्च भएको थियो। र दोस्रो भर्सनका रुपमा गोप्रोलाई धक्का दिने गरी ल्याइएको क्यामराको मूल्य करिब २ सय ५० डलर रहने अपेक्षा गरिएको छ। गोप्रोको तुलनामा यो मूल्य झन्डै आधा सस्तो हो।

यो क्यामरामा सोन आइएमएक्स ३७७ इमेज सेन्सर रहेको १२ मेगापिक्सेल क्यामरा छ। एक सेकेन्डमा ३० फ्रेम लिन सक्ने क्यामराले १ सय ५५ डिग्री वाइड एंगलमा तस्बिर कैद गर्न सक्छ। यसमा २.८ अपार्चर छ जसले कम प्रकाशमा पनि राम्रो फोटो खिच्न सघाउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell