PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरियन एयरको इन्जिनमा आगो लागेपछि विमानबाट निकालियो ३ सय यात्रु र क्रु



पहिलोपोस्ट

कोरियन एयरको इन्जिनमा आगो लागेपछि विमानबाट निकालियो ३ सय यात्रु र क्रु

एउटा इन्जिनमा आगो लागेपछि जापानको हेनेडा विमानस्थलमा कोरियन एयरको बोइङ ७७७ बाट करिब ३ सय प्यासेन्जर र चालक दलका सदस्यलाई सकुसल निकालिएको छ।

विमानस्थलबाट खिचिएको टेलिभिजन फुटेजमा दमकलहरुले घेरिएको विमान देखिन्छ। विमान दक्षिण कोरियाको जिम्पो इन्टरनेसनका लागि उड्दै थियो। यसको बायाँ पखेटामुनि इन्जिनमा आगो देखिएको थियो। लगत्तै विमानबाट आपतकालीन उद्दार गरिएको हो।

'फ्लाइटको इन्जिन नम्बर १ मा आगो देखियो,' कोरियन एयरका एक प्रवक्तालाई उदृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ।
जिम्पो विमानस्थलका लागि उड्न लागेको विमानमा ३ सय २ प्यासेन्जर र १७ उडान दलका सदस्य थिए।

विमान उड्नै लाग्दा धुँवा देखिएको थियो। एयरपोर्टमा रहेको जापानको यातायात मन्त्रालयका कर्मचारीले दिएको जानकारी अनुसार उद्दार सहजै भयो र ठूलो चोटपटक लागेन।
 
'हामीले पाएको जानकारी अनुसार १९ जनालाई सामान्य चोट लागेको,' उनले सुनाए।

दर्जनौं दमकल आगो निभाउन तत्कालै परिचालन भएकाले क्षति हुन पाएन।

स्थानीय मिडियाअनुसार प्रहरीले घटना कुनै अपराधिक गतिविधिका कारण भएको नदेखिएको जनाएको छ। सुरुमा विमान पूर्णरुपमा बन्द गरिएको थियो भने स्थिति नियन्त्रणमा आएपछि एयरपोर्ट खुल्यो। यद्यपि करिब ५० हजार यात्रु यसबाट प्रभावित भए। जापानको एनएचकेले जनाएअनुसार कम्तिमा पनि २ सय फ्लाइट क्यान्सिल भए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell