PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बहिनीको मृत्युपछि बेल्जियमबाट फर्किए विमल, टिचिङमा पोस्टमार्टमको तयारी



सविन ढकाल

बहिनीको मृत्युपछि बेल्जियमबाट फर्किए विमल, टिचिङमा पोस्टमार्टमको तयारी

काठमाडौं : बहिनीको शंकास्पद मृत्युपछि बेल्जियममा रहेका राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर शुक्रबार काठमाडौं आइपुगेका छन्। 

शुक्रबार बिहान ११ बजे एयरपोर्टबाट सिधै महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर उनले परिवारका सदस्यसँग भेटेका छन्।  विमलले ‘अन्तिमपटक बहिनीको अनुहार हेर्ने’ बताएपछि पोस्टमार्टमको समय सारिएको छ।

चिकित्सकहरुले १० बजेपछि नै पोस्टमार्टमको तयारी गरेका थिए। 

घुँडाको उपचारका लागि वैशाख २९ गते बेल्जियम गएका विमल बहिनीको मृत्युको खबर पाएपछि फर्किएका हुन्। 
 
बर्दघाट नगरपालिका-८ नवलपरासीस्थित घरमै मृत अवस्थामा फेला परेकी मनिषाको शवलाई गएराति काठमाडौं ल्याइएको हो। पारिवारिक स्रोतका अनुसार उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ। 
 
यति बेला टिचिङ अस्पतालमा मनिषाकी आमासहित आफन्तहरु, विमलका खेलाडी साथी,  शुभचिन्तकहरुको भिड लागेको छ।
  
१३ वर्षको उमेरदेखि नै एन्फा एकेडेमी (बुटवल) बाट खेल्न थालेका विमलका बुवा छैनन्। प्रहरीमा काम गर्ने उनका बुबाको दुर्घटनामा मृत्यु भएको थियो। घरमा आमा र बहिनीमात्रै थिए। 
(मुख्य फोटो : प्रदीपराज वन्त, रासस)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell