PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

ट्याक्टर पल्टिँदा चालकको मृत्यु



रासस

डोटी : डोटीको चवराचौताराबाट दीपायलका लागि आउँदै गरेको से १ त ६६४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

तिखातर–६ स्थित स्यालपाखा भन्ने स्थानमा गएराति ७ बजेतिर दुर्घटना हुँदा ट्र्याक्टर चालक कैलाली घर भएका ४० वर्षीय चन्दु डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। 

घटनास्थलमा घाइते भएका चन्दुलाई उपचारका लागि सदरमुकाम सिलगढीतर्फ ल्याउँदै गर्दा राति बीच बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ। चवरा चौताराबाट खाली हिँडेको ट्र्याक्टर दुर्घनाग्रस्त भएको हो। के कति कारणले दुर्घटना भएको हो यकिन जानकारी भने प्राप्त भएको छैन। 

भिरालो र कच्ची सडकमा अनियन्त्रित गाडी चलाउँदा यस्तो समस्या आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले बताए। घटनास्थल सदरमुकामबाट करिब ४२ किलोमिटरभन्दा बढी टाढा रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell