PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फोटो : सिंहदरबारको सेतो मूलगेटमा रातो छ्यापिँदाका ६ दृश्य

फोटो : सिंहदरबारको सेतो मूलगेटमा रातो छ्यापिँदाका ६ दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


साँझ ५ बजेर १० मिनेट । मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको मूलगेट। केही युवा हात र बोतलमा रङ्ग र रातो पानी सहित उपस्थित हुन्छन्। अनि धमाधम सिंहदरबारको मूल गेटमा लगाइएको सेतो रंग माथि रातो रंग दल्न थाल्छन्। प्रहरीको ध्यान उनीहरुतर्फ हुँदैन। तर जब उनीहरुले रङ्ग पोतेको दृश्य पत्रकारले आफ्नो क्यामेरामा कैद गर्छन्, तब बल्ल प्रहरीको ध्यान आकृष्ट हुन्छ।

रातो रङ्ग छ्यापेको आरोपमा सार्वजनिक अपराधको मुद्दा लगाइएका दुई जना चार दिनपछि थुनामुक्त भएको केही घण्टा बित्न नपाउँदै फेरि सिंहदरबार गेट बिहीबार रङ्गिएको छ।  

सिंहदरबारको भित्तामा  रातो रङ्ग छ्याप्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिंहदरबार वृत्तका डिएसपी प्रजित केसीका अनुसार प्रतीक श्रेष्ठ, मनीषकुमार श्रेष्ठ, शरद् खत्री र विमल बोलखेलाई हिरासतमा राखी अनुसन्धान गरिँदैछ। 

​यसअघि आइतबार र सोमबार पनि दुई पटक सिंहदरबारमा रातो रङ्ग छ्यापिएको थियो। रङ्ग मेटेर सेतो पारिसकेको भित्ता आज पुनः रङ्गिएको हो।​ महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिह थापाका अनुसार अनुसन्धानका लागि हिरासतमा राखिएका इसान र शेषनारायण झालाई आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको थियो। प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदी सामु उनीहरुले अबदेखि यस्तो नगर्ने भनी माफी मागेपछि रिहा गरिएको उनले पहिलोपोस्टलाई बताए।  

तर उनीहरु छुटेको केही घण्टामै अन्य चार जनाले पुनः ती सिंहदरबारमा रातो रङ्ग छ्यापेका हुन्। 


ट्रेन्डिङ पोस्ट

Ncell