PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ड्राइभरलाई गोली हान्दै गाडीसहित व्यापारीको अपहरण



ड्राइभरलाई गोली हान्दै गाडीसहित व्यापारीको अपहरण

  • राधेश्याम पटेल -
वीरगञ्ज : औद्योगिक नगरी वीरगञ्जका उद्योगी सुरेश केडिया आज साँझ अपहरणमा परेका छन्। बाराको बरियारपुर बजारमा रहेको राइस मिलबाट वीरगञ्ज घर फर्किने क्रममा चालकलाई गोली हान्दै गाडीबाट निकाली अर्कै गाडीमा राखी अज्ञात व्यक्तिहरुले अपहरण गरी लगेका हुन्।

महागढीमाइ नगरपालिकाको बगवन गाउँ नजिक रहेको पसाह पुलमा अपरिचित हतियारधारीले साँझ साढे ६ बजे गोली हान्दा बा १० च ७२४० बलेरो गाडीका चालक पर्सा विन्देवासिनी २ बस्ने श्याम उमेशप्रसाद कानु  घाइते भएका छन्।

३४ वर्षका कानुको दाहिने गालामा गोली लागेको छ। गोली लागेका कानुलाई गाडीबाट निकालेर गाडीसहित अपहरण गरिएको हो। नारायणी उप क्षेत्रीय अस्पतालमा उपचार भइरहेको उनको अवस्था गम्भीर भएपछि भरतपुर लगिएको छ।  

केडिया वीरगञ्जका पुराना उद्योगी हीरालाल केडियाका माइला छोरा हुन्। उनको परवानीपुरमा राजहंस मैदा मिल रहेको छ। 

बारा र पर्सा प्रहरीले  घटनाबारे अनुसन्धान सुरु गरेको बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell