PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रामेछापमा सुमो दुर्घटना : ६ जनाको मृत्यु, ६ घाइते



पहिलोपोस्ट

काठमाडौं : रामेछापमा आज भएको टाटा सुमो दुर्घटनामा ६ जनाको ज्यान गएको छ। ६ जना घाइते भएका छन्।
 
ना१ज ४१६१ नम्बरको बिपी यातायातको सुमो दिउँसो २: ४५ बजे दुर्घटनामा परेको थियो। हिमगंगा गाविसतर्फ जाने क्रममा रामेछाप नगरपालिका-६ ओख्रेनीमा सो दुर्घटना भएको हो। सुमो सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

मृतकको सनाखन हुन नसकेको र घाइतेको उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको प्रहरी निरीक्षक मख्खन यादवले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell