PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​धुर्मुस सुन्तलीलाई सिटी एक्सप्रेसले दियो साढे १५ लाख



पहिलोपोस्ट

​धुर्मुस सुन्तलीलाई सिटी एक्सप्रेसले दियो साढे १५ लाख

काठमाडौं  : सिन्धुपाल्चोकको गिरान्चौरको एकीकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सिटी एक्सप्रेसले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरेको हो। 

एक जोडी कलाकारले उदाहरणीय काम गरिरहेकाले उनीहरुलाई हौसला स्वरुप आर्थिक सहयोग गरेको संस्थाका प्रवन्ध निर्देशक चन्द्र टण्डनले बताए। धुर्मुस सुन्तलीले वातावरणमैत्री, बालमैत्री एवं अपाङ्गमैत्री सिटी बनाउने योजनाका साथ अघि बढेकाले सिटी एक्सप्रेसले पनि सहयोग गरेको उनको भनाई छ। 

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले सिटी एक्सप्रेसले हालसम्मकै उच्च आर्थिक सहयोग गरेकोमा धन्यवाद दिँदै गिरान्चौरलाई नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। संस्थागत रुपमा सहयोग निकै कम मात्रै आएपनि व्यक्तिगत रुपमा सहयोग गर्नेहरुको संख्या उल्लेख्य रहेको धुर्मुसले बताए। 

कोषाध्यक्ष कुञ्जना घिमिरेले चार करोड भन्दा बढी लागत अनुमान गरिएकोमा ६० लाखको हाराहारीमा सहयोग जुटेको जानकारी दिएकी छिन्। 

गायक भगवान भण्डारीले दिए ५१ हजार 

अमेरिका बस्दै आएका लोकदोहोरी गायक भगवान भण्डारीले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। धुर्मुस सुन्तलीलाई भेटेर उनले आफ्नो स्वर्गीय बुवा आमा छविलाल भण्डारी र टिकादेवी भण्डारीको सम्झनामा धुर्मुस सुन्तली फाउण्डेशनलाई उक्त सहयोग गरेका हुन्। 

बुवाको १३ औँ दिनको पुण्य तिथिमा नेपाल आएको अवसरमा गायक भण्डारीले उक्त सहयोग धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरेका छन्। उनले कलाकारले सुरु गरेको अभियानमा सहयोग गर्नका लागि सम्पूर्ण लोकदोहोरी गायक गायिकासँग अपिल समेत गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell