PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पुरिएर दुईको मृत्यु, टहराले च्यापिँदा वृद्धको ज्यान गयो



पहिलोपोस्ट

नवलपरासी : दुम्किवास–५ ज्यामिरेमा माटोको ढिस्कोले पुरिएर एक युवाको ज्यान गएको छ।

लु ३ त १२७५ नम्बरको ट्रयाक्टरमा माटो लोड गर्ने क्रममा ढिस्को खस्दा नवलपरासी दुम्कीवास– २ का २२ वर्षीय वीरे विकको मृत्यु भएको हो। तामाङटोलमा भएको सो दुर्घटनापछि उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा उपचार क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, बैतडी कुलाउ–४ डुङग्रीमा घर भत्किँदा पुरिएर ३५ वर्षीया कलावती साउदको मृत्यु भएको छ। घर पुरानो भएको र लगातार पानी परेकाले भत्किएको प्रहरीले जानकारी दिएको छ।

औराहा–४ पर्सामा पनि टहरा पल्टँदा घाइते भएका एक वृद्धले ज्यान गुमाउनुपरेको छ।

भैंसी चराउन जाँदा हावाहुरी आई निचुटा–३ मनिहर्वास्थित होली गार्डेन इङ्लिस बोर्डिङ स्कुलको कच्ची टहरामा ओत लाग्दा टहरा पल्टिएपछि ७५ वर्षीय गगनदेव राउत कुर्मी घाइते भएका थिए।

टहराले च्यापिएका उनको उपचारका लागि औराहा स्वास्थ्य चौकी लगिएकोमा सोही क्रममा मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell