PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

१५ फोटोमा हेर्नुस्, काठमाडौंमा सार्वजनिक गाडी नचलेको दिन



पहिलोपोस्ट

१५ फोटोमा हेर्नुस्, काठमाडौंमा सार्वजनिक गाडी नचलेको दिन

काठमाडौं  :  ट्राफिक नियम उल्लङ्घन गर्दा लाग्ने जरिवाना शुल्क बढाएको विरोधमा यातायात व्यवसायीले गरेको चक्काजामले काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित भएको छ।

यातायात व्यवसायीहरुले सार्वजनिक गाडी नचलाउँदा काठमाडौंका सडकमा गाडीको संख्या निकै कम छ। निजी गाडी र मोटरसाइकल भने गुडेका छन्।

बुधबार बिहान हलचोक, लगनखेल, कोटेश्वर, बालाजु, माछापोखरी, एकान्तकुना, कमलविनायक लगायतका ठाउँमा बन्दकर्ताले सवारी साधन तेर्स्याएर निजी गाडी चल्न पनि अवरोध गरेका थिए। प्रहरीले चक्काजाम गराउँदै हिँडेका र ट्याक्सी तोडफोड गरेको आरोपमा २ सय भन्दा बढीलाई पक्राउ गरेको छ।

गत वर्ष असोज १४ गते ट्राफिक ऐन संशोधन गरी ट्राफिक नियम उल्लङ्घन गर्नेलाई यही जेठ १ गतेदेखि लागू हुनेगरी ट्राफिक जरिवाना वृद्धि भएको थियो। 

यातायात व्यवसायीले राजमार्ग लाइफलाइन भएकोले बन्द, हडताल निषेध गर्दै शान्ति क्षेत्र घोषणा कार्यान्वयनको माग गरेर चार वर्षअघि सरकार र सबै राजनीतिक दललार्इ ज्ञापनपत्र बुझाएका थिए। यही प्रतिबद्धताका लागि सबै निकाय धाउने यातायात व्यवसायी नै अहिले हड्तालमा उत्रिएका छन्।  

सार्वजनिक गाडी नचल्दा कस्तो छ काठमाडौंको सडक?




सार्वजनिक गाडी नचलेपनि निजी गाडीले सडक ढाकिएका छन्
 



सार्वजनिक गाडी नचल्दा सर्वसाधारण यात्रु समस्यामा छन्









निजी गाडीमा लिफ्ट माग्दै युवाहरु 





बालबालिकालाई विद्यालय पुर्‍याउँदै अभिभावक






गाडी चल्न अवरोध गर्नेहरुलाई पक्राउ गरेर लैजाँदै प्रहरी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell