PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

लिबियामा पानी जहाज दुर्घटना ७ को मृत्यु ५ सयको उद्धार



रोम : इटालियन नौ सेनाले बुधबार करिब पाँच सय आप्रवासीको उद्धार गरेको छ।
 
लिबियाको तटीय क्षेत्रमा आप्रवासीहरू सवार रहेका एक पानी जहाज दुर्घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य पाँच सयलाई भने उद्धार गरिएको हो।
 
सो पानी जहाजले आफ्नो यात्रा सुरु गरेको केही समयपछाडि नै सो जहाज दुर्घटनाग्रस्त भएको बताइएको छ।
 
क्षमताभन्दा बढी व्यक्ति सवार हुनु नै दुर्घटनाको कारण भएको नौ सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।
 
उक्त पानी जहाजमा सवार रहेका आप्रवासीहरूमा प्रायः महिला र बालबालिका रहेका हुनाले पौडी खेलेर आफ्नो ज्यान बचाउन पनि नसकेका र उद्धारकर्ताद्वारा उद्धार भएको बताइएको  छ। 
 
गएको ४८ घण्टाभित्रमा तीन हजारभन्दा बढी आप्रवासीहरू दक्षिण इटाली भित्रिएका समाचारमा बताइएको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell