PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​किन भइरहेको छ समृद्धि राईको विरोध जसका कारण उनी माफी माग्न बाध्य भइन्?



स्वेच्छा राउत

​किन भइरहेको छ समृद्धि राईको विरोध जसका कारण उनी माफी माग्न बाध्य भइन्?

काठमाडौँ : मिस टुरिजम क्विन इन्टरनेसनल २०११ मा मिस पर्सानालिटीको उपाधि जित्न सफल सुन्दरी समृद्धि राईको अहिले सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।

काठमाडौँ पोस्टको सप्लिमेन्ट एम एन्ड एसमा संलग्न भएर पत्रकारितासमेत गरेकी र तिमी को हौ थाहा छैन म चाहिँ नेपाली बोलको गीत आफैले लेखेर र गाएर  चर्चामा आएकी उनको राई तथा किरात समुदायले विरोध गरेका हुन्। 

समृद्धिले साझा सवालको ४४४ औँ भागमा ‘समाज र राजनीतिबाट नेपाली युवा के चाहन्छन्?’ भन्ने विषयको बहसमा 'राई, लिम्बु केटा हेर्नै मन लाग्दैन' भनेको भनेको भन्दै सामाजिक सञ्जालमा उनको विरोध सुरु भएको हो।

आफू स्वयं किराती समुदायको भएर पनि किरातीहरुकै संस्कारको विरोध गरेको भन्दै किरात राई, लिम्बुहरुले उनलाई बहिस्कार गर्ने बहस गरिरहेका छन्। सामाजिक सञ्जालमा राई, लिम्बु समुदायका फेसबुक पेज तथा व्यक्तिगत प्रोफाइलमा समृद्धिको विरोधमा स्टाटस र कमेन्टहरु पोस्ट गरिएका छन्। 

सामाजिक संजालमा चर्को विरोध भएपछि साझा सवाल प्रसारण भएको भोलिपल्टै समृद्धिले आफ्नो फेसबुक स्टाटसमा आफूले गलत बोलेको भन्दै माफी मागेकी थिइन्-
​ 

 तर उनको विरोधको क्रम रोकिएन। बुधबार राति उनले फेसबुकबाटै भिडियोमार्फत् किराती राई र लिम्बुहरुलाई सम्बोधन गर्दै आफूले गलत शब्द चयन गरेकोमा माफी माग्दै आफूले त्यस्तो बोल्न नहुने स्वीकारेकी छिन्-

कसैको मन दुखाउने मनसाय थिएन . सक्नु हुन्छ माफ गरिदिनु होला . माफ गर्नै नसकिने हो भन्नु हुन्छ भने त्यो पनि मलाइ स्वीकार्य छ. यो मेरो पश्चाताप को घडी हो.


के भनेकी थिइन् उनले साझा सवालमा ?
​​



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell