PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जेठमै आउने भो ‘साउने झरी’



पहिलोपोस्ट

जेठमै आउने भो ‘साउने झरी’

काठमाडौं : फिल्मको पटकथा लेखनमा लामो समयदेखि लागिरहेका अभिमन्यु निरवी पहिलो आख्यान कृतिका साथ आउने भएका छन्।

उनको नयाँ कथा संग्रह ‘साउने झरी’ जेठमै आउने भएको हो। समाजका स-साना विषयलाई टिपेर सुन्दर ढंगले कथा बुन्न सिपालु निरवीका फुटकर कथा दैनिक पत्रिका तथा अनलाइनहरुमा प्रकाशित छन्। विविध समसामयिक विषयमा तयार पारेका २० वटा कथाहरुको संकलन ‘साउने झरी’ जेठ २२ गतेदेखि बजारमा आउने यसको प्रकाशक लेजेन्ड बुक्सले जनाएको छ।

‘मधेसदेखि हिमाल र केही परदेशका कथाहरु पनि संग्रहमा छन्,’ लेखक निरवीले भने, ‘हास्य, करुण, रोदन सबैखाले भावमा लेखिएका कथालाई पाठकले माया रुचाउनुहुनेछ भन्ने अपेक्षा छ।’

एन्टेना फाउन्डेसनमा नाटक संयोजकको रुपमा कार्यरत लेखकले अन्तराल, श्री ५ अम्बरे, वडा नम्बर ६ लगायतका फिल्मको पटकथा लेखिसकेका छन्। नयाँ बाटो नयाँ पाइला, गाउँ गाउँमा सिंहदरबार, अँध्यारो उज्यालो जस्ता रेडियो नाटक पनि उनकै लेखन हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell