PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ट्विटर चलाउनु हुन्छ? हुँदैछ चार परिवर्तन जुन तपाईँले थाहा पाउन जरुरी छ



ट्विटर चलाउनु हुन्छ? हुँदैछ चार परिवर्तन जुन तपाईँले थाहा पाउन जरुरी छ

ट्विटर चलाउने गर्नुभएको छ? त्यसो भए कम्पनीले गर्न लागेका चार परिवर्तन बारे तपाईँले थाहा पाउन जरुरी हुन्छ। 

१) रिप्लाइ : अब तपाईँले कुनै ट्विटको रिप्लाइ गर्दा @नामलाई १४० क्यारेक्टरमा गनिने छैन। पहिले @नाम पनि गनिने हुँदा ग्रुपमा रिप्लाइ गर्दा जवाफ लेख्नलाई अक्षरकै अभाव हुने गर्थ्यो। 

२) मिडिया एट्याचमेन्ट : तपाईँले ट्विटरमा एट्याच गर्नुहुने फोटो, जिफ एनिमेसन, भिडियो, पोल वा कोट ट्विटहरुलाई १४० क्यारेक्टरमा गणना गरिने छैन। 

३) आफ्नै ट्विट रिट्विट र कोट गर्न पाइने : ट्विटरले अब आफ्नै ट्विटमा पनि रिट्विट बटन देख्न पाउनु हुनेछ। यो भएपछि तपाईँले अब सजिलै आफ्ना ट्विटलाई रिट्विट वा कोट गर्न सक्नुहुन्छ। आफूलाई ज्यादै मन परेको ट्विट कसैले बेवास्ता गरे जस्तो लाग्यो भने अब यो सुविधा उपयोग गर्न सकिनेछ। 

४) गुडबाई .@ : ट्विटर चलाउने नयाँ प्रयोगकर्ताहरुलाई त्यति थाहा नभए पनि पुरानालाई थाहा भएको चिज हो, ट्विटको सुरुमा @ राखियो भने त्यो रिप्लाइ ट्विट हुन्छ र सबै फलोअरसम्म पुग्दैन। दुवै युजरलाई फलो गर्नेले मात्र त्यो ट्विट देख्छन्। अब ट्विटरले यसलाई परिवर्तन गरी @ बाट सुरु भएको ट्विट पनि सबैले हेर्न सकिने बनाउँदै छ। 

ट्विटरले यी परिवर्तन कहिलेसम्म भइसक्ने भन्ने बारे केही बताएको छैन। 
मंगलबार आफ्नो ब्लगमा ट्विटरले आउँदा केही महिनाहरुमा यी अपडेट उपलब्ध हुने बताएको छ। 


 

  •  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell