PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​रोयल च्यालेन्जर्स बैंगलोर आइपिएलको फाइनलमा



पहिलोपोस्ट

​रोयल च्यालेन्जर्स बैंगलोर आइपिएलको फाइनलमा

काठमाडौं : रोयल च्यालेन्जर्स बैंगलोर इण्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ। गुजरात लायन्सलाई ४ विकेटले  पराजित गर्दै बैंगलोर फाइलनमा पुगेको हो।

गुजरातले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको बैंगलोरले १८ ओभर २ बलमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो। रोयल च्यालेन्जर्स बैंगलोरको जितमा एबि डे भिलियर्सले उत्कृष्ट पारी खेले।

मात्र २९ रन हुँदा ५ विकेट गुमाएको बैंगलोरलाई फाइनल पुर्‍याउन एबि डे भिलियर्सले पारी सम्हाल्दै नट आउट ७९ रन बनाए। भिलियर्ससँग ९१ रनको साझेदारी गर्ने क्रममा बैंगलोरका इक्बाल अब्दुल्लाहले पनि नट आउट ३३ रन जोडे।

बैंगलोरले कप्तान विराट कोहलीलाई ० रनमा गुमाएको थियो। त्यस्तै ओपनर क्रिस गेललाई ९ रनमा गुमाएको थियो। त्यस्तै बैंगलोरका अलराउण्डर सेन वाट्सन १ रनमा आउट हुन पुगेका थिए।

गुजरातका धवन कुलकर्नीले बैंगलोरको ४ विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले पुरै ओभरमा सबै विकेट गुमाउँदै १५८ रन बनाएको थियो।

गुजरातलाई सम्मानजक अवस्थामा पुर्‍याउन डोयन स्मिथले ७३ रन हानेका थिए। त्यस्तै दिनेश कार्तिकले २६ रन बनाएका थिए।
बैंगलोरका सेन वाट्सनले पनि गुजरातको ४ विकेट लिएका थिए।  

जितसँग बैंगलोरले आइपिएलको फाइनल समेत होम ग्राउण्डमा खेल्ने मौका पाउनेछ। आइपिएलको फाइनल बैंगलोरमा हुनेछ। 

बैंगलोरसँग पराजित भएपनि गुजरात प्रतियोगितामा कायमै छ। उसले अब फाइनल प्रवेशका लागि सनराइजर्स हैदरावाद र कोलकात्ता नाइट राइडर्सबीचको खेलको विजेतासँग भिड्नुपर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell