PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आमाबाबुको असल स्याहार गर्नेलाई ५५ हजार रुपैयाँको पुरस्कार



पहिलोपोस्ट

आमाबाबुको असल स्याहार गर्नेलाई ५५ हजार रुपैयाँको पुरस्कार

काठमाडौँ : जेपी प्रतिष्ठानले आमाबाबुको राम्रो स्याहार सुसार गर्ने व्यक्तिलाई लक्षित गरी ५५ हजार ५५५ रुपैया राशीको नयाँ पुरस्कारको सुरुवात गरेको छ। जेपी प्रतिस्ठानका संस्थापक अध्यक्ष मित्रसेन दाहालले पिता जयप्रसाद दाहाल र आमा डम्मरकुमारी दाहालको नामबाट यस्तो पुरस्कार वितरणको थालनी गरेका हुन्।

दाहालले आमा डम्मरकुमारीको प्रथम वार्षिकीका अवसरमा सुरु गरेको यस वर्षको जेपी डम्मरकुमारी पुरस्कार जेष्ठ नागरिक राष्ट्रिय महासंघलाई प्रदान गरिएको छ। महासंघलाई प्राप्त पुरस्कार महासंघका अध्यक्ष डा. गौरी शंकरलाल दासलाई प्रदान गरिएको हो।

प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहालले यो पुरस्कार हरेक वर्ष आमाबाबुको सेवामा काम गर्ने छोराछोरी संघ संस्था तथा जेष्ठ नागरिकका विषयमा अध्ययन अनुसन्धनमा संलग्न व्यक्ति संस्थालाई प्रदान गरिने बताए।

यस्तै प्रतिष्ठानले पंडित छवि निरौला पुरस्कार पनि सुरुवात गरेको छ। दर्शन शास्त्रको अनुसन्धानमा संलग्नलाई प्रदान गरिने यो पुरस्कार यस वर्ष पूर्वीय दर्शनका व्याख्याता चिन्तामणि योगीलाई प्रदान गरिएको छ। पुरस्कारको राशी ११ हजार एक सय ११रुपैयाँ छ।

प्रतिस्ठानले हरेक वर्ष एसएलसीदेखि मास्टर तहसम्म विभिन्न फ्याकल्टीमा टप गर्ने २० जना विद्यार्थीलाई पनि नगद पाँच हजार सहितको सम्मान दिँदै आएको छ। प्रतिस्ठानले नेपाल सरकारसमेतको समन्वयमा काठमाडौको लप्सिफेदीमा नमुना जेष्ठ नागरिक ग्राम पनि निर्माण गरिरहेको छ।

प्रतिष्ठानका अध्यक्ष दाहालले लेखेको १४औ पुस्तक 'आमा'को विमोचन पनि गरिएको थियो। २७ वटा निबन्धको संग्रह पुस्तक आमा साहित्कार तथा नेपाल प्रज्ञा प्रतिस्ठानका पूर्व उपकुलपति बैरागी काइलाले विमोचन गरेका हुन्।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell