PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

एभिन्युज फिल्म निर्माणमा पनि, एकै साथ पाँच फिल्म ल्याउँदै



एभिन्युज टेलिभिजनद्वारा संचालित संस्था एभिन्युज पिक्चर्सले फिल्म निर्माण सुरु गरेको घोषणा गरेको छ। अनन्या फिल्म्सको सहकार्यमा एभिन्युजले एकै साथ पाँच फिल्मको काम सुरु गरेको घोषणा आइतबार आयोजित कार्यक्रममा गरियो।

'एभिन्युज पिक्चर्स'ले 'रिङ्गटा', 'लामा ला', 'जोसेफ', 'पाप पोखरी' र 'देवकोटा' नामका पाँच फिल्मको निर्माण गर्ने भएको छ जसमा 'रिँगटा'को निर्माण सम्पन्न भइसकेको छ। सो फिल्मले नर्थ क्यारोलिनामा सम्पन्न ट्रोयन अन्तर्राष्ट्रिय फिल्म  फेस्टिभलमा 'बेस्ट फिचर फिल्म'को उपाधि हात पारिसकेको जानकारी कार्यक्रममा दिइयो।

फिल्मले पुरस्कार स्वरुप १५ हजार डलर प्राप्त गरेको थियो। फिल्मलाई निश्चल पौडेलले निर्देशन गरेका हुन्। रिँगटा बाहेक अरु चार फिल्मको निर्देशन पनि पौडेलले नै गर्दैछन्।

त्यस्तै 'लामा लाः द मंक' पोस्ट प्रोडक्सनमा छ। बाँकी तीन फिल्मको भने निर्माणको काम सुरु भएको बाताए।

एभिन्युज पिक्चर्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले भने,'हामी मौलिक फिल्म बनाउने प्रयासमा उत्रेका हौं। नेपाली फिल्म बजार कमजोर र दर्शक कम भएकाले फिल्म निर्माण चुनौति बन्न जान्छ। तर हामी चुनौति स्विकारेर नेपाली फिल्मलाई विश्वबजारिकरण गर्न चाहन्छौं।'

छायांकनको तयारीमा रहेका छन् जोसेफ, देवकोटा लगायतका फिल्ममा कलाकार केकी अधिकारी, जीवन लुईंटेल लगायतको अभिनय रहेको जानकारी गराइयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell