PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​बार्सिलोनाले जित्यो कोपा डेल रे को उपाधि, सेभिल्ला २-० ले पराजित



पहिलोपोस्ट

​बार्सिलोनाले जित्यो कोपा डेल रे को उपाधि, सेभिल्ला २-० ले पराजित

काठमाडौं : आइतबार राती कोपा डेल रेमा सेभिल्लालाई २- ० ले हराउँदै बार्सिलोनाले चालु सिजनमा स्पेनिस ला लिगा सहित दुईवटा उपाधि हात पारेको छ।

आइतबार रातीको खेलमा बार्सिलोनाले सेभिल्लालाई अतरिक्त समयमा दुई गोल गर्दै उपाधि कोपा डेल रे को उपाधि जितेको हो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि थपिएको समयमा बार्सिलोनाका लागि ९७ औं मिनेटमा जोर्डी अल्बा र खेलको अन्तिम समयमा नेयमारले गोल गरे।

दुबै गोलमा स्ट्राइकर लियोनेल मेसीको योगदान रह्यो। उनकै क्रसमा अल्बा र नेयमारले गोल गरेका थिए। यो उपाधि बार्सिलोनाको २८ औं कोपा डेल रे उपाधि हो।

खेलको ३६ औं मिनेटमा जाभिएर मास्केरानोले रातो कार्ड खाएर बाहिरिएपछि १० खेलाडीमा सिमित बार्सिलोनालाई दबाब बढेको थियो। खेलको ९० औं मिनेटमा र १ सय २० औं मिनेटमा गरी सेभिल्लाका दुई खेलाडी पनि रातो कार्ड खाएर बाहिरिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell