PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फेसबुकमा धेरैलाई थाहा नभएका ५ फिचर्स, तपाईँले प्रयोग गर्नुभएको छ?



फेसबुकमा धेरैलाई थाहा नभएका ५ फिचर्स, तपाईँले प्रयोग गर्नुभएको छ?

के तपाईले फेसबुकका सबै फिचर प्रयोग गर्नु भएको छ? फेसबुकमा धेरै फिचर यस्ता पनि छन् जसको बारेमा कम मान्छेलाई थाहा हुनसक्छ। केही ट्रिक्स यस्ता छन् जसको बारेमा थाहा पाएपछि जोकोहीले फेसबुकको अधिकतम उपयोग गर्न सक्छ। धेरैलाई जानकारी नभएको फिचर यस्ता छन् :

गोप्य इनबक्स

फेसबुकले त्यही म्यासेज देखाउँछ जो तपाईका लागि महत्वपूर्ण छन्। बाँकी मेसेजलाई लुकाइदिन्छ। हामीमध्ये धेरैजना दुईवटा मेसेजबक्सका बारेमा जान्दछौं। एउटा त सामान्य इनबक्स र अर्को अदर इनबक्स जसलाई मेसेज रिक्वेष्ट नाम दिइएको छ। यस मेसेज बक्समा तपाईको फ्रेण्डलिष्टमा नभएका व्यक्तिहरुको नाम हुन्छ। अनावश्यक व्यक्तिहरुका मेसेजका बारेमा थाहा नदिनु राम्रो काम हो। फेसबुक वेबसाइटमा जानुहोस् र मेसेज रिक्वेष्ट क्लिक गर्नुहोस्। यहाँ तपाईले फिल्टर्ड रिक्वेष्ट लेखेको भेट्नुहुनेछ जसमा फेसबुकले केही मेसेजहरु फिल्टर गरेर राखेको छ। समय समयमा यसलाई जाँच गर्दा राम्रो हुन्छ। कतै तपाईकोलागि महत्वपूर्ण मेसेज छुटेको पनि हुनसक्छ।  

एल्बम डाउनलोड

एल्बम डाउनलोड गर्नुभएको छ? पहिला फेसबुकबाट फोटो एल्बम डाउनलोड गर्न असाध्यै गाह्रो थियो, तर अहिले सहज छ। कुनैपनि एल्बममा जानुहोस् र कुनामा ड्रपडाउन मेन्यु दबाउनुस्। यसरी तपाईले एल्बमलाई हार्डड्राइभमा सेभ गर्न पाउनुहुनेछ।  

अनावश्यक गेम रिक्वेस्ट ब्लक गर्न सकिन्छ 

तपाईका धेरै साथीहरुले तपाईलाई गेम रिक्वेष्ट पठाएर हैरान पारेका छन् भने यसबाट छुटकारा पाउने दुईवटा तरिका छन्।
१) एप सेटिङमा गएर नोटिफिकेसन नचाहिने एपलाई ब्लक गर्नुहोस्।  
२) यसबाट आइरहने एप रिक्वेष्टलाई ब्लक गर्नुहोस् जसले तपाईँको समस्या हटाउँछ। अथवा तपाईले एप इनभाइट्सको नोटिफिकेसन नै आउन नमिल्ने बनाउन सक्नुहुन्छ।

लग इन गरेपछि नोटिफिकेसन आउने


यस फिचरबाट तपाईले आफ्नो फेसबुकलाई सुरक्षित बनाउन सक्नुहुन्छ। यसका लागि सेटिङमा जानुहोस् र सेक्युरिटिमा गएर 'गेट लगइन अलर्ट्स ह्वेनेभर समवान लग्स इन टु योर अकाउण्ट'  लाई प्रयोग गरेपछि ब्राउजर, फोन या रजिस्टर्ड ईमेलमा लग इनको अलर्ट पाउन सकिन्छ। एल्बम सेयर गर्नपनि सकिन्छ फेसबुकमा एल्बम सेयर गर्नपनि सकिन्छ। यो अप्सन पनि छ भन्ने जानकारी उपभोक्तालाई थाहा नहुनसक्छ। ध्यान दिनुहोला यस्तो एल्बम आफ्नो साथीहरु र तस्विरमा ट्याग भएका व्यक्तिले पनि देख्छन्।

एड्भान्स्ड च्याट सेटिङ

के तपाई केही व्यक्तिसँग च्याट गर्न चाहनुहुन्न? तपाईले सेटिङमार्फत त्यस्ता व्यक्तिहरुले कहिले अनलाइन देख्न नमिल्ने बनाउन सक्नुहुन्छ। फेसबुकको दाहिनेपट्टिको बटममा मेसेन्जर हुन्छ। यहा अप्सनबाट तपाईले को को तपाईसँग च्याट गर्न सक्छन् र अनलाईनमा को को छन् हेर्न सकिन्छ।   (नवभारत टाइम्सबाट अनुदित, फोटो: टेलिग्राफ)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell