PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फोटोमा हेर्नुस् उभौलीमा सिली नाच्दै गरेका किरात समुदाय

फोटोमा हेर्नुस् उभौलीमा सिली नाच्दै गरेका किरात समुदाय

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : प्रकृति र पितृपूजक किरात समूदायको प्रमूख चाड उभौली शनिबारदेखि सुरु भएको छ। वैशाख पूर्णिमाबाट सुरु हुने यो चाड राई, लिम्बू, सुनुवार, याक्खा आदिले भुमिदेव साकेलाको पूजा गर्दै र सिली नाच्दै मनाउँछन्।

बहुभाषी किरात समूदायले आफ्नो भाषाअनुसार यसलाई साकेला, साकेन्वा, धिरिनाम,सालिवा, चासोक तङनाम आदि विभिन्न नामले दिएका छन्। बालीनाली सप्रियोस्,अतिबृष्टि अनाबृष्टि नहोस्, रोगव्याधि नलागोस्, भनेर पूजाआजा गर्द नाचिने सिली यस चाडको विशेषता हो।

नेपालका किरात गाउँमा रुङ्ग्री खिम (अन्नको सह वा धनधान्यको शक्ति राख्न रोजिएको विशेष घर)मा सबैजना भेला भई सिली जान्नेको नेतृत्वमा पूजाआजा गरिन्छ। 

नाच्ने महिला–पुरुष अगुवालाई पछ्याउँदै नियमपूर्वक नाँच्छन्। सिलीमा पशुपन्छीको चाल देखि लिएर किरात जीवनशैलीको अनुकरण गरिएको हुन्छ।

शनिबार ललितपुरको हात्तीवनस्थित साकेला थानमा मूलधामी (नाक्छोङ)ले विशेष पूजा गरे। पूजामा सहभागी किरात समूदायका सबै नखिपोटमा भेला भई बेलुकीसम्मै नाचे। आफ्नो जातीय पहिरनमा ढोल र झ्याम्टाको तालमा हातमा चमर, सिल्लिमो, पोमी र सेउली लिएर गोलबद्ध नाचेका किरात समूदाय देख्दा उपस्थित अरुले मन थाम्नै सकेनन्। नाचमा विदेशी पर्यटक र गैरकिरात नेपाली पनि देखिए।
 
यही जेठ १५ गते शनिबार टुँडिखेलमा सिली नाच्ने कार्यक्रम रहेको छ। त्यस्तै किरात राई यायोक्खा भक्तपूरले पनि सोही दिन साकेला सिली प्रतियोगिता आयोजना गरेको छ।

पछिल्लो समय सहर हुँदै यो चाड किरात समूदाय बस्ने युरोप अमेरिकातिर पनि धुमधामले मनाइदै आएको छ। गैरकिरात समूदायको पनि बाक्लो उपस्थिती देखिने उभौली पर्व सामाजिक सद्भाव र एकताको राम्रो माध्यम बनेको देखिन्छ।


ट्रेन्डिङ पोस्ट

Ncell