PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

सरुभक्त र रामप्रसाद पन्तलाई उत्तमशान्ति पुरस्कार



सरुभक्त र रामप्रसाद पन्तलाई उत्तमशान्ति पुरस्कार

काठमाडौँ : साहित्यकार सरुभक्त र रामप्रसाद पन्तले उत्तमशान्ति पुरस्कार पाउने भएका छन्।
 
उत्तम कुँवर स्मारक पुरस्कार गुठीले हरेक वर्ष साहित्यका विविध विधाका कृतिलाई 'उत्तमशान्ति पुरस्कार' प्रदान गर्दै आएको छ। गत वर्ष भूकम्पका कारण २०७१को पुरस्कार वितरण गर्न नसकेकाले गुठीले यसै वर्ष २०७१ र २०७२ का कृतिहरुलाई उत्तमशान्ति पुरस्कारले सम्मानित गर्ने भएको छ। 

निबन्ध, यात्रासंस्मरण, जीवनी, आत्मकथा, अन्तर्वार्ता लगायतका रचना गरिएका उत्कृष्ट पुस्तकलाई संस्थाले पुरस्कृत गर्छ। यो पटक संस्मरणात्मक निबन्ध विधामा बाङ्गाटिङ्गा धर्साहरु(२०७१) नामक कृतिबाट आख्यानकार सरुभक्तलाई गुठीले २०७१ सालको “उत्तमशान्ति पुरस्कार” प्रदान गर्ने भएको छ।

त्यस्तै २०७२का लागि 'अविरल यात्रा नामक कृति मार्फत् संस्मरण र यात्रात्मक निबन्धको विकाशमा योगदान पुर्याएका रामप्रसाद पन्तलाई गुठीले पुरस्कृत गर्ने भएको छ।

सम्मान स्वरुप पुरस्कृत कृतिका लेखकहरुले ३५,००१ को नगद राशि र ताम्रपत्र प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell