PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सगरमाथा आरोहणमा नयाँ रेकर्ड, ल्हाक्पाद्वारा सातौंपटक सफल आरोहण



पहिलोपोस्ट

सगरमाथा आरोहणमा नयाँ रेकर्ड, ल्हाक्पाद्वारा सातौंपटक सफल आरोहण

काठमाडौं : आफ्नै रेकर्ड तोड्दै ल्हाक्पा शेर्पा सबैभन्दा बढीपटक सगरमाथा आरोहण गर्ने विश्वकी पहिलो महिला बनेकी छन्।
 
यसअघि आफ्नै नाममा रहेको छ पटक आरोहणको रेकर्ड उनले तोडेकी हुन्। आज बिहान ५ बजे सगरमाथाको सफल आरोहण गरेपछि उनी ‘सातौंपटक सगरमाथा आरोहण गर्ने विश्वकी प्रथम महिला’ बनेकी हुन्।
 
सन् २००२ मा एकै परिवारका दिदीबहिनी र भाइसँगै सगरमाथाको चुचुरोमा पुगेपछि उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएकी थिइन्। ४२ वर्षीया उनको घर संखुवासभा हो।
 
उनको सफल आरोहणबारे सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी गराएका छन्। गएको वर्ष भने भूकम्पका कारण उनले सगरमाथा आरोहण गरेकी थिइनन्। 

सन् २००२ पछिका पाँच सगरमाथा आरोहण उनले तिब्बतबाट गरेकी थिइन्। अमेरिकामा रहँदै आएकी उनले पछिल्लो पटक सन् २००६ मा सगरमाथा आरोहण गरेकी थिइन्। 

राससको सहयोगमा 

(सगरमाथा आरोहण क्रममा सन् २००४ मा लिइएको फोटो। स्रोत : माइकल कोडास)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell