PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

​चाइनाको तेल भर्ने रहर गर्ने बद्री पंगेनीलाई प्रम ओलीको यस्तो जवाफ



पहिलोपोस्ट

​चाइनाको तेल भर्ने रहर गर्ने बद्री पंगेनीलाई प्रम ओलीको यस्तो जवाफ

काठमाडौं : यो कुनै सांगितिक कार्यक्रम त थिएन। एमालेको पत्रकार संगठन प्रेस चौतारीको आठौं राष्‍ट्रिय अधिवेशन थियो।

तर बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित यस कार्यक्रममा प्रधानमन्त्री केपी ओली भन्दा पहिले बोल्ने पालो पाए गायक बद्री पंगेनीले। उनले आफ्नो भाषणको सुरुवात नै गीतबाट गरे।

कहिले आउला पिएम ज्यू सिगात्सेमा रेल ?
भर्न मन थ्यो पिएम ज्यु चाइना वाला तेल।

उनको गीत यतिमै सकिएन। राष्ट्रिय एकता गर्नुपर्‍यो भन्ने सन्देश दिने गीत पनि गाए बद्रीले। उनको गीतको बोल थियो  :

मिल केपी प्रचण्ड मिल देउवा दाई,
एकताको खाँचो छ अहिले देशलाई

पंगेनीले मञ्चमै रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई प्रश्न गरे। पत्रकारले १९ हजार कहिले पाउने हो? सरकारले श्रमजीवि पत्रकारको तलब १९ हजार ५ सय रुपैयाँ पुर्‍याएको सन्दर्भमा उनले यो कार्यान्वयन कहिले गर्ने भन्ने प्रश्न सोधेका थिए।

तीनवटा गीत गाएर सकेपछि उनले प्रधानमन्त्रीलाई भने – 'म तपाईंले राष्ट्रियताप्रति राखेको अडानको प्रशंसक हुँ, तर आज मैले लगाएका लुगा सबै चाइनिज परेछ।'

उनले अन्त्यमा आयोजक प्रेस चौतारीलाई धन्यवाद दिए साथै व्यङ्ग प्रहार गरे। 'चौतारीमा यति धेरै पत्रकार हुनुहुँदो रहेछ' हलभरीका पत्रकारलाई हेर्दै उनले भने 'पत्रपत्रिका र मिडियामा समाचार हेर्दा त यति धेरै भएजस्तो लाग्दैनथ्यो, अब मिडियामा पनि देख्न पाइयोस्।'

प्रधानमन्त्रीको जवाफ

त्यसपछि पालो प्रधानमन्त्री केपी ओलीको आयो। उनले भाषणको सिलसिला जोड्दै पंगेनीको चाइनावाला तेलबारेको प्रश्नतिर आइपुगे। 'पंगेनीजीलाई म जवाफ के दिन्छु भने, दक्षिणको तेल हाल्दा हाल्दा हैरान भइयो, उत्तरको तेल हाल्ने कुरा पनि नगरौं' उनले भने '२ वर्षभित्र आफ्नै पेट्रोल हाल्ने हो।'

पंगेनीले सञ्चारमन्त्रीलाई सोधेको पत्रकारको तलबको प्रश्नको जवाफ समेत दिए।

प्रधानमन्त्री भने - '१९ हजार कहिले पाउने नि.... महिना मरेको दिन पाइन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell