PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

महिलाले गुडाए मच्छिन्द्रनाथको रथ, १० फोटोमा हेर्नुस् उनीहरुको उत्साह

महिलाले गुडाए मच्छिन्द्रनाथको रथ, १० फोटोमा हेर्नुस् उनीहरुको उत्साह

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : रातो मच्छिन्द्रनाथको जात्राका क्रममा आज महिलाहरुले रथ तानेका छन्। अहिले लगनखेलमा रहेको रथ तान्नका लागि बिहानै ठूलो संख्यामा महिलाहरु पुगेका थिए।

हिजो रथको टुप्पोबाट नरिवल खसालिएको थियो। नरिवल समात्नेको छोरो जन्मिने र चिताएको पुग्ने कथन छ। त्यसको भोलिपल्ट 'याकःमिसा भूजया' भनी महिलाहरूले मात्र रथ तान्ने चलन छ।

पाटनको महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरू भई असार शुक्ल चौथीमा समाप्त हुन्छ।
 
फोटोमा हेर्नुस् रथ तान्न भेला भएका महिलाहरुको उत्साह-

 


ट्रेन्डिङ पोस्ट

Ncell