PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विप्लवको सभामा जबर्जस्ती ल्याइए स्कूले विद्यार्थी, भन्छन् : हामी आएको हैन, जबर्जस्ती ल्याइयो



विप्लवको सभामा जबर्जस्ती ल्याइए स्कूले विद्यार्थी, भन्छन् : हामी आएको हैन, जबर्जस्ती ल्याइयो

  • अंगद ढकाल/पहिलोपोस्ट -
​काठमाडौँ : मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीबाट अलग्गिएपछि राजधानीमा पहिलो पटक सभा गरेको नेत्रविक्रम चन्द 'विप्लव' को नेकपा माओवादीले स्कूले विद्यार्थी भेला पारेर शक्ति प्रदर्शन गरेको छ। 

कार्यक्रम सुरु हुनुभन्दा अघि नै सभास्थलमा रहेका विद्यार्थीहरुलाई हामीले किन आएको भनी सोध्दा उनीहरुले भने, 'हामी आएको हैन, ल्याइएको हो।'

सभास्थलमा भेटिएका विद्यार्थीहरुले आफूहरु मरुहिटीमा रहेको शान्ति निकुञ्ज माध्यमिक विद्यालय र भीमसेनस्थानमा रहेको परोपकार आदर्श उच्च माविमा अध्ययन गरिरहेको बताए।

'मिसले म्याथ पढाइरहनुभएको थियो, हेडसर इन्ट्री मारेर टुँडिखेल जानुपर्छ भन्नुभयो', कुर्सीमा बसिरहेका शान्ति निकुञ्जका आठ कक्षामा एक विद्यार्थीले भने। 'टुँडिखेल भनेर खुलामञ्च पो ल्याए,' अर्का विद्यार्थीले थपे। विद्यार्थीहरुको भनाई भिडियोमा प्रष्ट सुन्न सकिन्छ। हेर्नुस् भिडियो-


सरकारले २०६८ साल जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको थियो। विद्यार्थीहरूले बिना व्यवधान निरन्तर रूपमा पठनपाठन गर्न पाउने कुरालाई ग्यारेन्टी गर्न सम्पूर्ण शैक्षिक संस्थालाई शान्ति क्षेत्र घोषणा गरेको थियो। 

तर सरकारको यस्तो घोषणालाई राजधानीकै एउटा स्कूलका हेडसरले समेत नटेरेको विद्यार्थीको भनाईले प्रष्ट पारेको छ। विद्यार्थीलाई सभामा लगिएको बारेमा शान्ति निकुञ्जका इन्चार्ज राधेश्यामले केही बोल्न चाहेनन्। उनले भने, 'यो बारेमा प्रधानाध्यापकलाई नै सोध्नुस्।'

हेर्नुस् फोटोहरु-


































विद्यार्थीहरुले आफूलाई ल्याउने स्कूलका शिक्षक यिनै भएको बताएका थिए। 










  


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell