PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सातै प्रदेशमा नमुना सांस्कृतिक ग्राम बनाउने सरकारको घोषणा



काठमाडौं : सरकारले प्रत्येक प्रदेशमा एक/एकवटा नमुना शान्ति तथा सांस्कृतिक ग्राम स्थापना गर्ने भएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आव २०७३/७४ को नीति तथा कार्यक्रममा मुलुकमा दिगो शान्ति र विकासका लागि ती ग्राम स्थापना गर्न लागेको उल्लेख छ। 

मुलुकको सांस्कृतिक विविधताको संरक्षण र प्रवद्र्धन गर्दै विभिन्न जातजाति तथा भाषाभाषीको रहनसहन, रीतिरिवाज, भाषा, साहित्य र परम्परासमेत झल्कने गरी काठमाडौँ उपत्यकामा राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालय निर्माण गरिनेछ। 

पूर्ण धार्मिक समानता र स्वतन्त्रता कायम राख्नका लागि परम्परादेखि कायम रहेको सनातन धर्म र संस्कृतिको संरक्षण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। 

नारायणहिटी सङ्ग्रहालयलाई नेपालको ऐतिहासिक सङ्ग्रहालयका रुपमा विकास गरिने नीति तथा कार्यक्रममा समावेश छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell