PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोपेनहेगनका ह्याण्डसम सोल्टीहरुलाई ज्योतिको आइ लभ यु



कोपेनहेगनका ह्याण्डसम सोल्टीहरुलाई ज्योतिको आइ लभ यु

डेनमार्कः नेपालबाट आएका गायक गायिककाहरुको विशेष प्रस्तुतिले डेनमार्कमा बस्ने नेपालीहरुको यसपटकको क्रिसमस अविस्मरणिय भयो।

कोपेनहेगनमा रहेको मण्डला अनलाइन रेडियोले आयोजना गरेको च्यारिटी शोमा सहभागी हुन डेनमार्क आइपुगेका गायक शिव परियारले आफ्ना चर्चित गीतहरुले दर्शकहरुलाई एकोहोरो नचाइरहे। दर्शकहरुपनि वान्स मोर वान्स मोर गर्दै उनी सँगै झुमिरहे। उनले गालैको कोठी, रुपौली रानी, क्या दामी भो, फेसबुकले लगायतका आफ्ना चर्चित गीतहरु गाएका थिए।

चितवन जिल्लामा रहेका सबै दृष्टिविहिनहरुको लागि सेतो छडी प्रदान गर्नको लागि आवश्यक रकम जुटाउन मण्डला अनलाइन रेडियोको सेतो छडी अभियान अन्तर्गत आयोजना गरिएको कार्यक्रममा सहभागी अर्की गायिका मिलन अमात्य स्टेजबाट स्लोली स्लोली भन्दै थिइन्, यता फ्लोरमा दर्शकहरु अरु बेस्सरी नाच्दै थिए। उनले लगत्तै गाला रातै, झ्याप्पै लगायतको गीत गाएर दर्शकलाई बसेर आराम गर्नै दिइनन्।

हट लोक गायिका ज्योति मगर स्टेजमा उक्लेपछि कोपेनहेगनको चिसो मौसम एकाएक तातो भैहाल्यो। युवा फ्यानहरु स्टेज अगाडि गएर आइ लभ यु ज्योति भन्न थाले। उनी पनि के कम, गीतमै भनिदिइन्..कोपेनहेगनका ह्याण्डसम सोल्टीहरुलाई ज्योतिको आइ लभ यु। 

कार्यक्रममा अर्की कलाकार उर्मिला सापकोटाले परम्परागन नेपाली नृत्य प्रस्तुत गरेकी थिइन् भने कोपेनहेगन निवासी कलाकार हरिप्रसाद न्यौपानेले जहाँ छन् बुद्धका आँखा र फेवातालमा साइली बोलको गीत गाएका थिए।

'ओहो, कम्ती रमाइलो भएन',नाच्दा नाच्दै थकाइ बिसाउँदै गरेकी पुनम अधिकारीले भनिन्। फ्लोरमा नाच्दै गरेकी रमा सापकोटा भन्दै थिइन्, 'यति धेरै चर्चित कलाकार एकैपटक डेनमार्क आएको त यो नै पहिलो कन्सर्ट हो।'

क्रिसमस म्युजिक म्याजिक नाम दिइएको यो कार्यक्रम शुरुवात मात्र भएको बताउँदै मण्डला अनलाइन रेडियोका प्रोजेक्ट म्यानेजर पवनराज पौडेलले रेडियोले सेतो छडी अभियान शुरु गरेको र यसबाट आवश्यक रकम संकलन गरि केही महिना भित्रै चितवन जिल्लामा रहेका एक्काइस सय भन्दा बढी दृष्टि विहिनहरुलाई सेतो छडी वितरण गरिने जानकारी दिए।

मण्डला रेडियोको सेतो छडी अभियानलाई आफुहरुले साथ र सहयोग दिने जानकारी दिँदै कन्सर्ट भैरहँदा पनि विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग प्रदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell