PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नयाँ वर्षमा पूर्वराजा ज्ञानेन्द्रको कडा विज्ञप्ति : पाँच आरोप र चार सुझाव



नयाँ वर्षमा पूर्वराजा ज्ञानेन्द्रको कडा विज्ञप्ति : पाँच आरोप र चार सुझाव

  • पहिलोपोस्ट -
काठमाडौँ : नयाँ वर्ष २०७३ को अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले कडा भाषामा विज्ञप्ति जारी गरेका छन्। दक्षिण एसियाको भूराजनीतिक संवेदनशीलता र शक्ति सन्तुलनको हेक्का नराखिएको आरोप लगाउँदै उनले राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शासकीय शैलिले नेपाल कमजोर नेपाल कमजोर भइसकेको बताएका छन्। उनले सबै देशभक्तलाई समेटेर अघि बढ्नु आवश्यक भइसकेको बताएका छन्। विज्ञप्तिमा उनका पाँच आरोप यस्ता छन्-
 
१) हाम्रा राष्ट्रिय मान्यताहरु- धर्म संस्कृति, भाषा, इतिहास र सभ्यता विपरीत प्रहार भइरहेको वर्तमान अवस्थामा हाम्रा पुर्खाले सुम्पिएको धरोहरहरु आफ्ना सन्ततिलाई कसरी हस्तान्तरण गर्न सक्छौँ भन्ने प्रश्न अहिले पेचिलो बन्दैछ।
 
२) दक्षिण एसियाको भूराजनीतिक संवेदनशीलता र शक्ति सन्तुलनको हेक्का राख्न जरुरी छ।
 
३) हामी को थियौँ, कहाँ थियौँ, अहिले कुन स्थितिमा छौँ, देश कता जाँदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सही मार्गचित्र के हुनुपर्छ, कसको के कस्तो त्याग र योगदान छ, कसको के कस्तो महत्व र मान्यता छ। अनि ककसको कस्तो अर्गेँल्याइ छ भन्ने विषयलाई वर्तमान अवस्थामा सबैले बुझिसकेका छन्।
 
४) राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शासकीय शैलिले नेपाल कमजोर भइसकेको छ।
 
५) राष्ट्र सम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णाबीचको फाटो नोक्सानदायी भइसकेको छ।
 
उनका चार सुझाव यस्ता छन्-
 
१) स्वदेशको माटोमा दह्रोसँग खुट्टा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधिन प्रमुख रहोस् भन्ने भावनाबाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भइसकेको छ।
 
२) आफ्नो भाषा, इतिहास र धर्म संस्कृतिहरु देशका आधार हुन् भन्ने विषयलाई मनन् गरौँ।
 
३) स्वदेश हेरेर मात्र विदेश हेरौँ। स्वदेश चिनेर मात्र विदेश चिनौँ। स्वदेश मानेर मात्र विदेश मानौँ।
 
४) स्वधर्म बुझेर मात्र परधर्म बुझौँ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell