PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एटिएम मेशिनबाटै ग्राहकलाई उपहार



एटिएम मेशिनबाटै ग्राहकलाई उपहार

पैसा झिक्न एटिएम मेशिनमा पुग्दा मेशिनले तपाइँको नाम लिएर स्वागत गर्छ, अनि सँगसँगै सित्तैमा डलर पनि बाँड्छ भने तपाइँलाई कति आनन्द लाग्छ होला ? प्रसङ्ग हो, क्यानडियन बैंकको, जहाँ आफ्ना ‘लोयल’ ग्राहकलाई एटिएम मेशिनले नामै लिएर स्वागत मात्र गरेन, डलर र उपहार समेत बाँड्यो।

उपहार पाएर भावविभोर ग्राहकको भिडियो अहिले इन्टरनेट सेन्सेसन बनेको छ । क्यानडाको टिडी क्यानडा ट्रष्टले गत शुक्रबार ग्राहकलाई २० डलरका दरले रकम प्रदान गरेको समाचार मिररले छापेको छ। 

बैंकले टोरन्टो, मोन्ट्रियल, कालगेरी र भ्यानकुभरका शाखामा अटोमेटेड थ्याङ्कगिभिङ मेशिन राखेको थियो। यो मेशिनले भने ग्राहकलाई उनीहरुकै नाममा सम्बोधन गरेर आश्चर्यचकित पारेको थियो।

मेशिनले नियमित बैंक आउने एक दर्जन ग्राहकका लागि एटिएम मेशिनबाटै विशेष उपहार समेत दिएको थियो। आफ्ना दुई छोरालाई छुट्टीमा घुमाउन लैजान नसकेकी ग्राहक क्रिष्टिना टडलाई बैंकको एटिएम मेशिनले डिस्नेल्याण्डको दुई वटा टिकट दिएको थियो भने उनीहरुको शिक्षाका लागि एक हजार डलरका दरले सहयोग प्रदान गरेको थियो।

एक जना वृद्ध ग्राहकलाई एटिएम मेशिनले ट्रिनिडाड जाने प्लेनको टिकट दिएको थियो। जहाँ उनकी छोरी क्यान्सरसँग लडिरहेकी छन्। बेसबलका फ्यान माइक जविनलाई टोरन्टो टिमको रंग पोतिएको टिसर्ट र आफ्ना प्रिय खेलाडि व्लु जेसलाई भेट गर्न स्टेडियम जाने टिकट दिइएको थियो। 

इन्टरनेटमा हल्लाखल्ला भैरहेको भिडियोमा उपहार पाएपछि आश्चर्यचकित अनुहारुहरु पनि देखाइएको थियो। अहिलेसम्म यो भिडियो ५० लाख भन्दा बढीले हेरिसकेका छन्।

बैंकका वरिष्ठ उपाध्यक्ष क्रिस स्टाम्परले १२ जना ग्राहकलाई पहिले नै छानिएको र नयाँ मेशिन परीक्षण गर्न आउन अनुरोध गरिएको बताए। उनले भने हाम्रा स्थानीय शाखाका कर्मचारीले आफ्ना ग्राहकलाई राम्रोसँग चिन्छन्, उनीहरुसँग राम्रो सम्बन्ध राख्छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell