PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

केटीको निहुँमा कुटाकुट, फुटे सार्कका गमला



केटीको निहुँमा कुटाकुट, फुटे सार्कका गमला
यस्तो थियो प्रदर्शनी मार्गमा राखिएका गमला।

  • सबिन मिश्र/पहिलोपोस्ट-
काठमाडौं : सार्क सम्मेलनस्थल राष्ट्रिय सभागृह आउने बाटोमा पर्ने प्रदर्शनी मार्गको सौन्दर्यका लागि सरकारले ठूलो खर्च गरेर सडकको दुवै पट्टी गमला राख्यो। ती गमलामा पहिल्यै फूलेका फूल पनि सारियो। सम्मेलनको समापनसँगै ती गमला कतिन्जेल टिक्लान् भन्ने अड्कल काटिँदै गर्दा केही भने सोमबार बिहान फुटे।

फुट्नुको कारण थियो - केटी जिस्क्याएको निहुँ। 

जिस्क्याएको निहुँमा त्रिचन्द्र क्याम्पसमा अध्ययनरत केही युवकले आरआरमा पढ्दै गरेका पुस्कर बास्तोला, राजन घिमिरे र विकास अधिकारीमाथि आक्रमण गरे। आक्रमणमा परी तीनैजना घाइते भएका छन्।

दुई क्याम्पसमा पढ्दै गरेका विद्यार्थीको झगडाले क्याम्पसमा तनाव त भयो नै, सार्कका लागि रोपिएका गमला पनि फुटे। 'यो राजनीतिक घटना होइन,' आरआरका स्ववियु सभापति राजकुमार राईले पहिलोपोस्टसँग भने, 'केटी जिस्क्याएको विषयमा भएको झगडाले सडक छेउमा राखेको गमला फुटे।'

विद्यार्थीबीचको झगडाले फुटेको गमला प्रहरीले लगेको राईले जानकारी दिए। 

घाइते भएका तीनै जना नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघसँग सम्बद्ध छन् र आक्रमण गर्ने त्रिचन्द्रका विद्यार्थी एमालेको भ्रातृ संगठन अनेरास्वियुसँग आवद्ध छन्। 

नेपाल विद्यार्थी संघ आरआरका उपाध्यक्ष उत्तम काप्रीले पनि आफ्ना तीनजना कार्यकर्ता घाइते भएको बताए। क्याम्पसभित्र पसेर विद्यार्थीमाथि हातपात हुनु गलत भएको उनले बताए। 

फोटो : राजकुमार राई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell