PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

सिंगापुरका प्रधानमन्त्रीले गोर्खालाई मदिरा अफर गरेपछि



सिंगापुरका प्रधानमन्त्रीले गोर्खालाई मदिरा अफर गरेपछि

काठमाडौं : सिंगापुर पुलिस फोर्स (एसपिएफ) ले मंगलबार आफ्ना प्रधानमन्त्री लि सिन लुङलाई ‘डिनर’ दियो। वरिष्ठ प्रहरी अधिकृतको ‘मेस’ मा खाना खान पुगेका प्रधानमन्त्री सुङको एसपिएफमा काम गरिरहेका नेपालीसँग पनि भेट भयो।

खानपान अघि गरिएको रमाइलोमा दुई गोर्खाले ‘पाइप’ र ड्रम बजाएका थिए। त्यसमध्ये एक रवीन्द्र राना थिए।

उनी प्रधानमन्त्री नजिक गए र स्यालुट गरे। प्रधानमन्त्रीले रवीन्द्रलाई एउटा सानो बटुकामा ह्विस्की अफर गरे।

मदिरा पिएपछि रानाले भने, ‘बलियो रहनुस् साहेब।’ यो विषयलाई प्रधानमन्त्री सुङले तस्बिरसहित फेसबुकमा पोस्ट गरेका छन्। जुन पोस्टलाई सर्वसाधरणले रुचाएका छन् भने गोर्खालाई प्रशंसा गर्दै प्रतिक्रिया जनाएका छन्।

६२ वर्षीय लुङ सन् २००४ मा सिंगापुरका प्रधानमन्त्री चुनिएका थिए।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell