PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अमेरिकामा यस्तायस्ता छन् पासपोर्टका समस्या, राहदानीका लागि घुम्ति शिविरको तयारी



अमेरिकामा यस्तायस्ता छन् पासपोर्टका समस्या, राहदानीका लागि घुम्ति शिविरको तयारी

  • बिष्णुहरि घिमिरे/पहिलोपोस्ट -
न्युयोर्क : यहाँ स्थित नेपाली महावाणिज्य दुतावासले साप्ताहिक बिदाको दिनमा पनि कार्यलय खोल्ने जनाएको छ। शुक्रबार साँझ आफ्नै कार्यलयमा आयोजित पत्रकार भेटघाटमा महावाणिज्यदुत नारायणप्रसाद मैनालीले यस क्षेत्रमा रहेका सेवाग्राहीको सुविधाका लागि यस्तो निर्णय गरिएको बताए।

न्युयोर्कस्थित महावाणिज्य दुतावासले न्युयोर्क सहित न्युजर्सी र क्यानेटिकट राज्यमा बसोवास गर्ने नेपालीहरुलाई सेवा दिँदै आएको छ। अमेरिकामा सोमबार देखि शुक्रबार पाँच दिन कार्यलय सञ्चालन हुने गर्दछ। यहाँ रहेका धेरै नेपालीहरु कार्यलय समय भित्र आफै काम गर्न जानु पर्ने भएकाले महावाणिज्य दुतावासबाट सेवा लिन असमर्थ रहँदै आएका थिए।
 
पत्रकार भेटमा बोल्दै महावाणिज्यदुत मैनालीले विदेशमा रहेका नेपालीको सुविधाका लागि बिदाको दिन पनि कार्यलय खोल्न लागिएको बताए। “जुन समयमा दुतावास खुल्छ त्यो समयमा आफ्नो काममा जानु पर्ने नेपालीको सख्या यहाँ धेरै छ, त्यस्ता सेवाग्रहीका लागि हामीले अतिरिक्त सुविधा दिने निर्णय गरेका हौं, अब देखि हरेक महिनाको अन्तिम आइतबार बिहान दश बजेदेखि दुई बजेसम्म महावाणिज्य दुतावास खोल्ने निर्णय गरेका छौं।” आइतबार सेवा लिए वापत सेवाग्रहीले कुनै अतिरिक्त शुल्क तिर्नु पर्ने छैन।

महावाणिज्य दुतावासले राहादानी, नेपाली भिषा, ट्राभल डकुमेन्ट, प्रमाणिकरण सहित अन्य आवश्यक सरकारी सेवा दिँदै आएको छ। पछिल्लो समय दुतावासमा मेसिन रिडेवल पासपोर्ट एमआरपी बनाउन आउनेको संख्या उल्लेख्य रहेको जनाइएको छ।
 
वासिङ्गटन डिसी स्थित अमेरिका लागि नेपाली दुतावास सँगै न्युयोर्कमा रहेको महावाणिज्य दुतावासले पनि एमआरपीका लागि प्रत्यक्ष दर्ता प्रणाली (लाइभ इनरोलमेन्ट) सुरु गरेको छ। यो सेवाले राहादानीका लागि लामो समय कुर्नुपर्ने छैन। आफैले प्रत्यक्ष भरेको फारम निवेदन स्वीकृत हुनासाथ राहादानी छापिने छ। राहादानीका लागि आफै उपस्थित भएर फारम भर्दा गल्ती कम हुने र समय पनि कम लाग्ने हुँदा अब फारम स्वीकृत भएको १५ देखि २० दिन भित्रमा अमेरिकामा नै राहदानी उपलब्ध हुने छ। यसअघि तीन महिना भन्दा बढी समय लाग्ने गरेको थियो।
 
लाइभ इनरोलमेन्ट सुरु भएसँगै फारम भर्दा बिग्रने झन्झटबाट सेवाग्रही मुक्त हुनेछन्। यस्तै फोटाको साइजको चिन्ता पनि हटने छ। पत्रकार भेटमा बोल्दै वाणिज्यदुत कृष्ण कुमार सुवेदीले लाइभ इनरोलमेन्टले समय र पैसा दुवै बचत हुने बताए। “सेवाग्राहीले प्रत्यक्ष उपस्थित भइ रोहवरमा फारम भर्ने भएकाले राहादानीमा गल्ती हुने सम्भावना कम हुन्छ, यसका साथै यसअघि फारम भर्दा साइज नमिलेको, फोटोको साइज नमिलेकाले दुख पाएको भन्ने गुनासा धेरै आउने गरेका थिए अब ती सबै हट्ने छन्।” क्षेत्रीका अनुसार अब राहदानी बनाउन आउँदा बाहिरबाट फोटो खिचेर आउने पर्ने छैन। यस्तै कुनै पनि साइजको एक प्रति फोटो मात्र भए पुग्ने छ।
 
राहादानी बनाउन जाँदा नेपाली नागरिकता भने अनिवार्य चाहिने छ। महावाणिज्यदुत मैनालीले नागरिकता बारेमा सर्वसारधणले  अनावश्यक तर्क गर्ने गरेको गुनासो गरे। “पुरानो राहदानी भए पनि एमआरपी लिँदा नेपाली नागरिकता अनिवार्य हुन्छ तर धेरै सेवाग्राहीले पुरानो राहदानी भए पछि किन नागरिकता चाहियो भनेर प्रश्न गर्ने गरेको र त्यसबारे प्रस्ट पार्दैमा नै धेरै समय बित्ने गरेको बताए। यो विषय अहिले हामीलाई हरेक दिन आउने गरेको छ, नागरिकताविना एमआरपी बन्दैन।”
 

राहदानीका लागि घुम्ति शिविर संचालन गरिने

अमेरिकामा रहेका नेपालीको व्यस्थतालाई मध्यनजर गर्दे महावाणिज्य दुतावासले राहादानीका लागि लाइभ इनरोलमेन्ट सेवाका लागि घुम्ति शिविर सञ्चालन गर्ने योजना बनाएको छ। पत्रकार भेटमा बोल्दै उप वाणिज्यदुत प्रवीण भट्टराइले नेपालीको बसोवास बाक्लो भएका क्षेत्रबाट अनुरोध आएमा राहदानीका लागि नयाँ प्रविधि लाइभ इनरोलमेन्टको पनि घुम्ति शिविर संचालन गर्ने सकिने बताए। “हामी सँग प्रविधि छ, जनताको सुविधाका लागि हामी उहाँहरुले बोलाएको ठाँउमा जान सक्छौं तर त्यसका लागि नेपालीको संख्या केही धेरै हुनु पर्दछ।”
 

महिनामा दुई करोड राज्वश्व संकलन

न्युयोर्कस्थित महावाणिज्य दुतावासको अलगै कार्यलय सुरु भएपछि सेवाग्रहीलाई सुविधा बढ्नुका साथै राज्वश्व संकलनमा पनि उल्लेख्य बृद्धि भएको छ। संयुक्त राष्ट्र संघको नेपाल मिसनकै कार्यलयमा यस अघि महावाणिज्य दुतावासको पनि कार्यलय सञ्चालन हुँदै आएको थियो। गत सेक्टम्बरदेखि महावाणिज्य दुतावासले अलगै भवनमा कार्यलय सुरु गरेको हो। यो बीचमा महावाणिज्य दुतावासले दुई करोड राज्वश्व संकलन गरेको छ।
 

राहादानीको चाङ

राहादानी बनाउने तर संकलन गर्न नजाने गर्दा समस्या थपिएको महावाणिज्य दुतावासले जनाएको छ। दुतावासले राहदानी संकलनका लागि पटक पटक सुचना जारी गर्ने गरेको छ। महावाणिज्य दुतावास मार्फत्‍ बनाएका राहदानी अहिले ६ सयको हाराहारीमा चाङ लागेका छन्। आइतबार पनि कार्यलय खुले पछि यस्तो चाङ घट्ने दुतावासले अपेक्षा गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell