PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जापानमा रेलले किचेर नेपालीको मृत्यु



जापानमा रेलले किचेर नेपालीको मृत्यु
फोटो : नेसनल जोग्राफिक

टोकियो : रोजगारीका लागि जापान आएका बागलुङ गल्कोट– ९ काँडेवासका २१  वर्षीय ओमकार कँडेलको मृत्यु भएको छ।
 
पारिवारिक भिसामा १९ महिनाअघि जापान आएका कँडेलको टोकियोबाट १३ किलोमिटरको दुरीमा रहेको ओओमोरी खाइदान भन्ने स्थानमा भएको रेलले किचेर मृत्यु भएको हो।
 
टोकियोको कामातामा बुबा,आमा र भाइसँगै बस्दै आएका कँडेल केही दिन अघिदेखि घरपरिवार तथा आफन्तको सम्पर्क बाहिर रहेको मृतकका बाबु टोपलालले बताए।
 
बिहीबार दिउँसो २ बजे ओओमोरी खाइदान स्टेसनमा गुडिरहेको तीव्रगतिको रेलको ठक्करबाट शव क्षत विक्षत भएका कारण पहिचान गर्न समय लागेको टोकियो महानगरका प्रहरीले जानकारी दिएका छन्।
 
टोकियो प्रहरीले ढिलो गरी शुक्रबार अपराह्न नेपाली राजदूतावासलाई जानकारी गराएको थियो। 
 
मृतक कँडेलको शव अहिले पनि प्रहरी नियन्त्रणमा रहेको र सोमबार मेगुरोस्थित स्थानीय दाहसंस्कार केन्द्रमा अन्त्येष्टि गरिने परिवारजनले बताएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell