PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

गैरआवासीय नेपालीद्वारा कतारमा सचिव बैरागीसंग भेट



काठमाडौँ : कतारको औपचारिक भ्रमणमा रहेका परराष्ट्र सचिव शङ्करदास बैरागीसँग आज बिहान गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, कतारका पदाधिकारीले भेटघाट गरे।
 
कतारस्थित नेपाली दूतावासबाट आज प्रकाशित विज्ञप्तिकाअनुसार उक्त भेटका क्रममा नेपाली राजदूतावास, दोहासँगको समन्वय तथा सहकार्यमा व्यापार तथा पर्यटन प्रवद्र्धनका लागि विविध कार्यक्रम सञ्चालन गर्ने, नेपालमा गएको भूकम्पपश्चात् नेपाल सरकारले सुरु गरेको पुनःनिर्माण कार्यक्रमलाई उल्लेख्य हिसाबले सहयोग गर्ने, नेपाली कल्याणकारी कोष स्थापना, नेपाली सांस्कृतिक केन्द्र स्थापना एवम् नेपालीका लागि सेवामूलक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लगायतका विषयमा गहन छलफल तथा विचार आदानप्रदान गरियो ।
 
त्यसैगरी, आजै परराष्ट्र सचिव बैरागीले कतारमा रहेका नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै आफू कतार भ्रमणमा आउनुको उद्देश्यका साथै नेपाल–कतार द्विपक्षीय सम्बन्धका विविध पक्षका बारेमा चर्चा गरे।
 
परराष्ट्र सचिव बैरागी आफ्नो औपचारिक कतार भ्रमण सम्पन्न गरी आज अपराह्न नेपाल फर्किए। दोहास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्री मणिरत्न शर्मा, कतारको परराष्ट्र मन्त्रालयका शिष्टाचार विभागका अधिकारी तथा राजदूतावासका कर्मचारीले उनको टोलीलाई हमद अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell