PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​पहिरो पीडितलाई प्रवासीले गरे डेढ लाख सहयोग



​पहिरो पीडितलाई प्रवासीले गरे डेढ लाख सहयोग

बाबियाचौर (म्याग्दी) : पाँच महिनाअघि म्याग्दीको मुदीमा गएको पहिरोमा आफन्त गुमाएका पीडितलाई अस्ट्रेलियामा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन्। 

म्याग्दी सेवा समाज अस्ट्रेलियाले उपलब्ध गराएको एक लाख ५० हजार रुपैयाँ बिहीबार पहिरोमा परी ज्यान गुमाएकाको आफन्तलाई वितरण गरिएको हो। छ जना मृतकका आफन्तलाई जनही २५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराएको धनजनता मावि मुनाका प्रअ पुष्कर भण्डारीले जानकारी दिए।  

विसं २०७२ साउन १३ गते मुदी–५ नेरवाङको गाखर्कमा पहिरो जाँदा मुदीका दलदेवी पुन, तीर्थमान घर्ती, जिप्रसाद घर्ती, भीमबहादुर घर्ती, किसलाल पुन र हस्ता पुनको मृत्यु भएको थियो। गाखर्क पहिरोमा चार घरधुरी कृषकको २५० भेडाबाख्रा र ७५ वटा गाईगोरु पुरिँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको थियो। 

मृतकका आफन्तलाई जीविकोपार्जनमा सहज होस् भनेर यसअघि अस्ट्रेलियामा रहेका मुदीका युवा र म्याग्दी उद्धार समिति बहराइनले पनि रु दुई लाख ४८ हजार सहयोग गरेका थिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell