PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 



पहिलोपोस्ट

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

रत्ननगर : चितवनको रत्ननगरस्थित टिकौलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

गएराति ९ः३० बजेको समयमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रत्ननगर नगरपालिका–११ बस्ने ३० वर्षीय उपनेश विकको उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

रत्ननगरबाट भरतपुरतर्फ जाँदै गरेको ना ६ ख १४४२ नम्बरको ट्रकले रत्ननगरतर्फ आउँदै गरेको ना ३९ प ७८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विकको मृत्यु भएको हो। 

ट्रक चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell