PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फेसबुकबाट व्यापारी धम्क्याएको अभियोग लागेका पत्रकार अधिकारीलाई पाँच दिने म्याद



फेसबुकबाट व्यापारी धम्क्याएको अभियोग लागेका पत्रकार अधिकारीलाई पाँच दिने म्याद

काठमाडौँ : फेसबुकबाट व्यापारी धम्क्याएको अभियोगमा पक्राउ परेका पत्रकार लेखनाथ अधिकारीलाई काठमाडौँ जिल्ला अदालतले हिरासतमा राखी अनुसन्धान गर्न पाँच दिने म्याद दिएको छ। 

आइतबार पक्राउ परेका अधिकारीलाई महानगरी प्रहरी परिसर काठमाडौँले विद्युतीय कारोबार ऐन अनुसार अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्न म्याद माग्दै सोमबार अदालतमा पेश गरेको थियो। 

अदालतले अनुसन्धानका लागि ५ दिने म्याद दिएको हो। 

अधिकारीले औद्योगिक घराना मुरारका समूहका एक सदस्यलाई जनता नेपाल नामको फेसबुकबाट पटक-पटक मेसेज पठाउँदै धम्क्याएर २ करोड ५० लाख रुपियाँ मागेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अधिकारीमाथिको अभियोगको बाँकी अनुसन‌धान काठमाडौँ परिसरले गर्नेछ।

​मुरारकाले तीन साता अगाडि प्रहरीलाई जानकारी दिएपछि प्रहरीले फेसबुक पेजको अनुगमन सुरु गरेको थियो। अनुसन्धानमा नेपाल समाचार पत्र दैनिकको कार्यालय, एमनेष्टी इन्टरनेशनलको कार्यालय र एक साइबर क्याफेबाट धम्कीपूर्ण सन्देस पठाएको खुलेपछि यी तीनवटै कार्यालयमा प्रहरीले निगरानी बढाएको थियो। आइतबार अधिकारीको पहिचान र प्रमाण यकिन गरेपछि पक्राउ गरिएको थियो।

अपराध महाशाखाले अनुसन्धान गर्ने क्रममा  'जनता नेपाल' ​नामको प्रोफाइल पहिले व्यक्तिको नाममा खोलेको देखिएपछि त्यही क्लुलाई पछ्याउँदै अधिकारीसम्म पुगेको थियो। सो प्रोफाइलका अधिकांश 'फ्रेन्ड' पत्रकार रहेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell