PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विमान दुर्घटनाबाट जोगियो, भगवानको कृपाले बाँच्यौँ: सभासद केसी



विमान दुर्घटनाबाट जोगियो, भगवानको कृपाले बाँच्यौँ: सभासद केसी

काठमाडौं : सोलुखुम्बुको फाप्लु विमानस्थलमा नेपाल एअरलाइन्सको ट्विनअटर विमान दुर्घटनाबाट जोगिएको छ। विमानस्थलबाट उड्न लागेको विमानको इन्जिनले काम नगरेपछि विमान आकस्मिक अवतरण गराइएको यात्रुले बताएका छन्।

जहाजमा ७ जना सभासदसमेत थिए। 

बिहान साढे ९ बजे पिकअप लिन लाग्दा विमानको इन्जिनले काम नगरेपछि पाइलटले यात्रुहरुलाई झारेको सोलुखुम्बुका सभासद बलबहादुर केसीले पहिलोपोस्टलाई बताए। 

'जहाज पिकअप लिनै लाग्दा देब्रे पंखाले काम गरेन। ग्राउन्डेड गरियो र हामीलाई झारियो', सभासद केसीले भने, 'भगवानको कृपाले बाँचियो।' 
टोलीमा सभासद् केसीसहित लक्ष्मणलाल कर्ण, रामनारायण विडारी, भानुभक्त ढकाल, रेखा शर्मा र कमल पंगेनी सहभागी थिए। 

संविधानसभा निर्वाचनमा भएको धाँधली छानबिन गर्न गठित अध्ययन अनुसन्धान तथा सुझाव समितिको टोलीले सोलुखुम्बुमा अध्ययन सकेर काठमाडौं फर्किँदै थियो। 

देशका ११ ठाउँमा कार्यक्रम गर्ने गरी समितिले गोर्खा र नुवाकोटपछि सोलुखुम्बुमा शनिबार कार्यक्रम राखेको थियो। सभासद केसीले काठमाडौंबाट इन्जिनियर झिकाएको जानकारी आफूहरुले पाएको बताए। 

सोलुखुम्बुका एटिसीले जहाजको इन्जिन स्टार्ट नभएको र यो ठूलो कुरा नभएको प्रतिक्रिया दिए। 

९ एन - एबियु कल साइन भएको यो ३० वर्ष पुरानो जहाज गएको वर्ष फागुन २३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लामिडाँडाका लागि उडेको एक मिनेटमै इन्जिनमा समस्या आएपछि फर्काएर अवतरण गरी ‘ग्राउन्डेड' गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell