PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'अप्स इकरार' अपरेसन गर्दा नेपालीसहित २८ समातिए



'अप्स इकरार' अपरेसन गर्दा नेपालीसहित २८ समातिए

इपो (मलेसिया) : यहाँ अध्यागम विभागले पाँच ठाउँमा छापा मार्दा २८ जना गैर कानुनीरुपमा बस्दै आएका आप्रवासी फेला परेका छन्। फेला पर्नेमध्ये नेपालीहरु पनि रेहेको एनएसडटकमडटएमवाईले जनाएको छ।

छापा मार्न नेतृत्व गरेका राज्यको अध्यागमन विभाग प्रमुख अहमद अब्दुल हामिदले समातिनेहरु म्यानमार, थाइल्यान्ड, इन्डोनेसिया र नेपाली रहेका छन्। यिनीहरुको उमेर १५ देखि ४० वर्षबीचको रहेको छ। 'हाममीले एक स्थानीयलाई पनि उनीहरुलाई राखेवापत समातेका छौं,' उनले भने।

समातिएका सबैलाई ल्याङ्काप बन्दी केन्द्रमा पठाइनेछ। अप्स इकरार कोड नेम रहेको अध्यागमनको अपरेसन दुई रेस्टुरेन्ट र तीन आवासीय क्षेत्रमा गरिएको थियो। चार घन्टा लगाएर गरिएको अपरेसनमा १८ जना सुरक्षाकर्मी परिचालित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell