PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नेपाल श्रीलंकाको फस्ट क्लास टीमसँग आजदेखि तीन दिवसीय क्रिकेट खेल्दै



नेपाल श्रीलंकाको फस्ट क्लास टीमसँग आजदेखि तीन दिवसीय क्रिकेट खेल्दै

काठमाडौं : क्रिकेट शृखंलाका लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टीमले आइतबार आफ्नो पहिलो खेलको सुरुआत गर्दैछ। श्रीलंकाको पहिलो दर्जाको (फस्ट क्लास ) क्रिकेट टिम कुरुनेगाला ११ सँग पहिलो तीन दिवसीय खेल खेल्दैछ। 

कप्तान पारस खड्काको नेतृत्वमा रहेको नेपाली टिमका नियमित खेलाडीहरु उपकप्तान ज्ञानेन्द्र मल्ल र वसन्त रेग्मी पहिलो खेलमा रहने छैनन्। उनीहरु सोमबार मात्र कोलम्बो प्रस्थान गर्दैछन्। अर्का खेलाडी शरद भेषावकर विश्रामका लागि यो टिममा सामेल छैनन्। प्रशिक्षक पुबुदु दासानायकेले तिव्र गतिका बलर सोमपाललाई पनि विश्राम दिने संभावना रहेको बताएका छन्। 

शालिका करुणानायकेको कप्तानीमा कुरुनेगाला नेपाल विरुद्ध उत्रनेछन्। अन्य खेलाडीमा राजिथा रथ्नायके, लियो फ्रान्सिस्को, गायन मानिशान, मादवा वार्नापुरा, मिनोद बानुका, चामिकारा इदिरिसिंगे, दर्शना, माहावाथा, रसनजाना जयराथे, दानुस्का धर्मासिरी, मिलन रत्नायके, मोहमद शिराज, लाक्सन सोमविरा, सरिन्दा दासानायके र दनुस्का सान्दरुन रहेका छन्। प्रशिक्षक अजिथ एकनायके रहेका छन्। 

क्रिकेट टिमले तीनदिवसीय, एक दिवसीय र टीट्वेन्टी शृखंला खेल्नेछ। तीनदिवसीय र एकदिवसीय खेल नेपालले घरेलु पहिलो दर्जाको टिमसँंग खेल्नेछ। हङकङसँग खेल्ने तीन खेलको टीट्वेन्टी शृखंला भने आइसीसीको मान्यता प्राप्त पहिलो अन्तराष्ट्रिय सृखंला हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell