PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपालबाट भारत पुर्‍याइएका ३० बालक सुरक्षाकर्मीको नियन्त्रणमा



नेपालबाट भारत पुर्‍याइएका ३० बालक सुरक्षाकर्मीको नियन्त्रणमा

नैथाला (भारत) : नेपालबाट कामका लागि भारत पुर्‍याइएका ३० बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। समातिउका १४ बालकको उमेर ८ देखि १४ वर्षमात्रै छ।

प्रहरीले उनीहरुसँग सोधपुछ अघि बढाएको छ तर हिन्दी बोल्न नजान्ने भएकाले सुरक्षाकर्मीलाई नै समस्या परेको समाचारमा जनाइएको छ। प्रशासनले यसबरे नेपाली दूतावाससँग सहयोग मागेको छ। समातिएका केही बालबालिकाका बाबु पनि सँगै रहेको प्रहरीले बताएको छ तर धेरैजसो पहिलो पटक र एक्लै भारततिर ल्याइएका छन्।

हिजो साँझ उनीहरुलाई नैथालाबाट नियन्त्रणमा लिइएको हो। मनिष भारद्वाजले धेरै संख्यामा बालबालिकालाई देखेपछि तस्करी आशंकमा प्रहरीलाई सूचन दिएका थिए। उनीहरुले नेपाली दूतावासलाई पनि यसबारे जानकारी उपलब्ध गराएका छन्। नेपाली अधिकारीहरुले भने समातिएका बालबालिकालाई नेपाल नै फर्काउने तयारी गरेका छन्।

समातिएका बालबालिकाहरु विभिन्न जिल्लाबाट ल्याइएका छन्। उनीहरुलाई उत्तर प्रदेशको रुपडिया हुँदै भारत ल्याइएको हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell