PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

इन्टरनेट स्पिडमा नेपालले भारतलाई उछिन्यो



इन्टरनेट स्पिडमा नेपालले भारतलाई उछिन्यो

काठमाडौँ : इन्टरनेट डाउनलोड स्पिडमा नेपालले छिमेकी देश भारतलाई पछि पारेको छ। ओक्लास नेट इन्डेक्सका अनुसार नेपालमा ‍औसत डाउनलोड स्पिड ६ दशमलव १ एमबिपिएस छ भने भारतको पाँच दशमलव आठ एमबिपिएस मात्रै छ।

नेटइन्डेक्सले तयार पारेको इन्टरनेट डाउनलोड स्पिड तालिका अनुसार नेपाल एक सय २९ औ स्थानमा छ भने भारत एकसय ३२ औं स्थानमा छ।

त्यसो त नेपालको पनि इन्डेक्सले काठमाडौंमा सबैभन्दा उच्च डाउनलोड स्पिडको इन्टरनेट रहेको जनाएको छ। 

यसैगरी सबैभन्दा उच्च डाउनलोड स्पिड भएको इन्टरनेट हङकङमा छ। त्यहाँ औसत ९७ दशमलव १ एमबिपिएस डाउनलोड स्पिड छ। दोस्रोमा दक्षिण कोरिया रहेको छ। दक्षिण कोरियमा ९२ दशमलव ०५ एमविपिएसको इन्टरनेट डाउनलोड स्पिड छ।

यसैगरी सिंगापुर,रोमानिया र रिपव्लिक अफ मोल्डरोवा क्रमश तेस्रो, चौथो र पाँचौ स्थानमा छन्।

अमेरिका भने विश्वको २७ औं स्थानमा छ। अमेरिकामा डाउनलोड स्पिड औसत ३१ दशमलव ६२ रहेको छ।  जबकि विश्वभरी औसत डाउनलोड स्पिड दर २० दशमलव चार एमबिपिएस छ ।

अफगानिस्तान, मलावी, क्युबा, बेनिन, गाम्बिय लगायत देशमा भने ३ एमबिपिएस भन्दा कम डाउनलोड स्पिड इन्टरनेट छ। इन्डेक्सकाअनुसार अफगानिस्तानको दुई दशमलव २३ एमबिपिएस छ भने विश्व तालिकाको अन्तिममा रहेको बुर्किना फासोको डाउनलोड स्पिड शुन्य दशमलव ८५ एमबिपिएस मात्रै छ।

नेपालमा इन्टरनेट सेवा प्रदायकको सक्रियतासँगै नेपालमा इन्टरनेट प्रयोग गर्नेहरुको संख्या हृवात्तै बढ्न थालेको छ। साउन महिनासम्म ८९ लाख ४६ हजार ५ सय ६९ नेपालीको पहुँचमा इन्टरनेट सेवा पुगिसकेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआइएस रिपोर्ट अनुसार एक वर्षको अवधिमा करिब ७ प्रतिशत इन्टरनेट प्रयोगकर्ता बढेका छन्। यसमध्ये ८५ लाख १८ हजार ९४ जनाले इन्टरनेट मोबाइलमा चलाउँछन्।

मोबाइलमा इन्टरनेट चलाउनेहरु टेलिकमका ४५ लाख २४ हजार ३ सय ६४ जना रहेका छन भने एनसेलका ३९ लाख ९३ हजार ७ सय ३० जना रहेका छन्  सबैभन्दा बढी मोबाइल प्रयोगकर्ता एनसेलका भएपनि इन्टरनेट डाटा चलाउने ग्राहक टेलिकमका बढी रहेका छन्।
 
प्राधिकरणका अनुसार टेलिकमका इन्टरनेट प्रयोगकर्ता ४७ लाख ८९ हजार ९ ससय १७ जना पुगेका छन भने युटिएलका ५६ हजार ७ सय ४४, एनसेलका ३९ लाख ९३ हजार ७ सय ३०, अन्य आइएसपीका १ लाख ६ हजार १ सय ७१ पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell