PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एसीसी यु-१९ प्रिमियर सर्‍यो, नेपालको पहिलो खेल साउदी अरबियासँग



एसीसी यु-१९ प्रिमियर सर्‍यो, नेपालको पहिलो खेल साउदी अरबियासँग

काठमाडौं : कुबेतमा हुन लागेको एसीसी यु-१९ प्रतियोगिता दुई दिन पछाडि सरेको छ। कात्तिक २१ गतेबाट सञ्चालन हुनुपर्ने प्रतियोगितमा सहभागी राष्ट्रहरु अफगानिस्तान, युएई र साउदी अरबियाका खेलाडीलाई भिसाको समस्या भएपछि प्रतियोगिता दुईदिन पछाडि सरेर आइतबारदेखि सुरु हुने भएको हो।

प्रतियोगिता एशियाका टेस्ट नखेल्ने राष्ट्रहरु नेपाल, अफगानिस्तान, युएई, साउदी अरबिया, मलेसिया र आयोजक कुबेतका बीच हुनेछ। प्रतियोगिता राउण्ड रोबिन लीगका आधारमा खेलाइनेछ। 

प्रतियोगिताको नयाँ तालिकाअनुसार नेपालले आइतबार साउदी अरबियासँग खेल्नेछ। त्यस्तै आइतबारै अफगानिस्तान र मलेसिया पनि भिड्नेछन्। त्यस्तै नेपालले सोमबार कुबेतसँग खेल्नेछ। दुईदिन लगातार खेलेपछि नेपालले मंगलबार रेस्ट पाउनेछ। बुधबार नेपाल मलेसियासँग भिड्नेछ। 

नेपालले शुक्रबार अफगानिस्तानसँग खेल्नेछ भने शनिबार युएईसँग खेल्नेछ। यसअघिको तालिकामा नेपालको पहिलो खेल मलेसियासँग थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell