PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लालुले भने- रोटीबेटीको सम्बन्ध भएको नेपालसित सम्बन्ध बिगारेर वर्ल्ड टुरमा जाने?



काठमाडौँ : हालैको विधानसभा चुनावमा विहारको सबैभन्दा ठूलो दलका रुपमा उदाएको राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले रोटीबेटीको सम्बन्ध भएको नेपालसित सम्बन्ध बिगारेर भारतीय प्रधानमन्त्री वर्ल्ड टुरमा गएको भन्दै आलोचना गरेका छन्। 

सोमबार राति गरिएका दुई वटा ट्विटमा उनले नेपालसँगको सम्बन्ध बिगारेपछि चीन घुसेको तर महासय (मोदी) वर्ल्ड टुरमा रहेको भन्दै  व्यङ्ग्य कसेका छन्। अर्को ट्विटमा उनले सोधेका छन्- 'निकै तामझामका साथ नेपाल गएका थिए, सम्बन्धै बिगारे, अरु देशसित के होला?'

भारतीय प्रधानमन्त्री मोदी हाल पेरिस भ्रमणमा छन्। 

 

लालुको अङ्ग्रेजीमा गरिएको तेस्रो ट्विटमा भने नेपालमा मधेसीहरुविरुद्ध भइरहेको भेदभाव र सीमान्तकृत गर्ने कार्यलाई रोक्न भारत सरकारले  जरुरी पहल गर्नुपर्ने उल्लेख छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell