PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

१३ एसएसबी नेपालमा समातिएको भारतीय सुरक्षाकर्मीले स्वीकारे



१३ एसएसबी नेपालमा समातिएको भारतीय सुरक्षाकर्मीले स्वीकारे
फाइल फोटो : govtjobsindia.info

काठमाडौं : दुई हतियारविहीन भारतीय सीमा सुरक्षा बलका जवान नेपालमा समातिएको दावी गरेका एसएसबीका डीजी बीडी शर्माले अन्तत: १३ सुरक्षाकर्मी नेपालभित्र समातिएको स्वीकार गरेका छन्। नेपालभित्र १३ एसएसबीका जवान समातिएको स्वीकारसहित हिन्दुस्तान टाइम्सले समाचार प्रकाशित गरेको छ।

सुरुमा उनले दुई निशस्त्र सुरक्षाकर्मी नेपालमा समातिएको बताएका थिए। भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाले यसबारे ट्विटसमेत गरेको छ। भनिएको छ – पेट्रोलिङ गर्न गएका सबै १३ जना नेपालका सशस्त्र प्रहरीको नियन्त्रणमा छन्।


यही समाचार संस्थाले केहीअघि २ जनामात्र समातिएको समाचार प्रवाह गरेको थियो। 
भारतको एसएसबीले भन्यो- 'हाम्रा दुई निशस्त्र जबान नेपालको नियन्त्रणमा' - See more at: http://www.pahilopost.com/content/-10509.html#sthash.b15Dr9G1.dpuf



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell