PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बहराइनमा नेपाली ट्रक चालकमाथि आक्रमण गर्ने २७ जनालाई ५ वर्षे कैद



बहराइनमा नेपाली ट्रक चालकमाथि आक्रमण गर्ने २७ जनालाई ५ वर्षे कैद

बहराइन : नेपाली ट्रक चालकलाई दुर्व्यवहार गर्दै धारिलो हतियार प्रहार गर्ने सत्ताइस बहराइनी नागरिकलाई ५ वर्षे जेल सजाय सुनाइएको छ। उनीहरुले मध्य सडकमा ट्रक रोक्न लगाएर त्यहाँ रहेका सामान झार्न भनेका थिए।

नेपाली ड्राइभर टिगबहादुर बस्नेतले आफूलाई केही नगर्न अनुनयविनय गरे पनि उनीहरुले छाडेनन्। उनको खुट्टामा पाँचपटक धारिलो हतियारले हानेपछि उनी आफूले चलाएको ट्रकबाट सामान झार्न बाध्य भएका थिए। गत अक्टोबर २२ मा भएको घटनामा ३७ वर्षका बस्नेत घाइते भए।

उनलाई बुधिया हाइवेमा यस्तो गरिएको थियो। घरेलु बम विस्फोटमा परी घाइते भएका १७ वर्षीय युवक अलि खालिल अल सवागको मृत्यु भएपछि अन्त्येस्टीमा गएका मध्ये केहीले नेपाली कामदारमाथि आक्रमण गरेका थिए।

सुरुमा समातिएका ५ जनाले घटनामा आफ्नो संलग्नता स्वीकार गरेपछि अन्यलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell