PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एमआरपी लिन साउदीमा नेपालीको भिड, छैन ७० हजारसँग



एमआरपी लिन साउदीमा नेपालीको भिड, छैन ७० हजारसँग

साउदी अरब : साउदी अरबमा ठूलो सङ्ख्यामा रहेका नेपालीसँग मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नभएको पाइएको छ।
 
ती नेपालीले अझै पनि हस्तलिखित राहदानी प्रयोग गरेका छन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रावधानअनुसार सोमबारदेखि विश्वभर हस्तलिखित राहदानी मान्य नहुने भएपछि साउदी अरबमा ठूलो सङ्ख्यामा रहेका ती नेपाली समस्यामा पर्ने भएका छन्। झन्डै पाँच लाखको हारहारीमा नेपाली रहेको साउदी अरबमा ६० देखि ७० हजार नेपालीसँग यन्त्रले पढ्ने राहदानी नभएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ।
 
हस्तलिखित राहदानी भएकाहरुमा प्रवेशाज्ञा दिने, म्याद थप गर्ने तथा सो राहदानीबाट यात्रा गर्ने लगायत समस्या पर्ने भएको हो। एमआरपी बनाउनका लागि दूतावासले पटक पटक सूचना जारी गरेको भए पनि यहाँ रहेका नेपालीले त्यसतर्फ चासो नदिँदा ठूलो सङ्ख्यामा एमआरपी बनाउन बाँकी देखिएको  कावा नेपाली राजदूत आनन्दप्रसाद शर्माले बताए।
 
अहिले पनि एमआरपीका लागि दूतावासमा दैनिक सयदेखि डेढ सय र दमाम क्षेत्रमा हरेक साता पाँच सय जनासम्मको आवेदन आउने गरेको छ। एमआरपी बनाउन सम्भव नभएका र आकस्मिक समस्याका कारण स्वदेश जानुपर्ने भएकाहरुका लागि यात्रा अनुमतिपत्र जारी गर्ने व्यवस्था मिलाइने शर्माले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell