PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नाकाबन्दीको विषयमा अमेरिकामा नेपाली पनि बिभाजित



नाकाबन्दीको विषयमा अमेरिकामा नेपाली पनि बिभाजित

  • विष्णुहरि घिमिरे-
अमेरिका : नेपालको मधेस आन्दोलनका विषयलाई लिएर अमेरिकामा रहेका नेपाली समुदाय पनि विभाजित भएका छन्।

नेपाल एजेण्डामा यसअघि एकै मञ्चमा रहने नेपाली समुदाय तराई मधेस आन्दोलन र त्यसको प्रभावका बारेमा भने स्पष्ट दुई समूहमा विभाजन भएका हुन्। नेपाली समुदाय बीचको विवाद अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि आइतबार प्रष्ट देखियो।

गैरआवासीय नेपाली संघ अमेरिका सहित भिन्न संघ संस्थाको अगुवाइमा अमेरिकी राष्ट्रपति कार्यलय अगाडि लाफायत पार्कमा नेपाली समुदायले सीमामा भारतले नाकाबन्दी गरेको विरोधमा प्रदर्शन गरेका थिए। सोही कार्यक्रम भएको करिब ६० मिटर टाढा तराइ मधेसका नेपाली समुदायले नाकाबन्दी भारतले नभई मधेस आन्दोलनका कारण भएको भन्दै धर्नामा बसेका थिए।


मधेसी मानवअधिकारवादी संस्था मधुर र एशोसिएशन अफ नेप्लिज तराई इन अमेरिका (एन्टा) को अगुवाईमा मधेस आन्दोलनमा ऐक्यवद्धता जनाउँदै उनीहरुले मधेसमा जारी हिंसा रोक्नुपर्ने, मानवअधिकारको सम्मान हुनुपर्ने, घरको समस्या घरमा नै समाधान गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरु रातो रंगले लतपतिएको सेतो कपडा ओडेर ह्रवाइट हाउस अगाडि पार्कमा सुतेका समेत थिए।

एनआरएन अमेरिकाका अगुवाइमा भएको विरोध र्‍यालीपछि सभामा परिणत भएको थियो। र्‍यालीमा सहभागीले भारतले भूपरिवेष्टित राष्ट्रको पारबाहन अधिकार हनन गरेको र हेपाहा प्रवृत्ति देखाएको भन्दै हटाउन अन्तर्राष्ट्रिय निकायले चासो दिनुपर्ने माग गरेका थिए। एनआरएन अमेरिकाको अगुवाइमा भएको विरोध कार्यक्रममा अमेरिकामा रहेका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो।


नेपालकै तराइ मधेसबाट अमेरिकामा बसोवास गर्नेहरुको ऐक्यवद्धता धर्नामा करिब एक सय जना उपस्थित थिए।












 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell