PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​नेपालमा नाकावन्दी विरुद्ध न्युयोर्कमा प्रर्दशनको तयारी



​नेपालमा नाकावन्दी विरुद्ध न्युयोर्कमा प्रर्दशनको तयारी
नाकाबन्दीबारे एनआरएन युएसएको सूचना

न्युयोर्क : भारतले गरेको नाकाबन्दीको विरोधमा अमेरिकामा रहेका नेपालीहरुले संयुक्त राष्ट्रसंघको भवन अगाडि विरोध प्रदर्शन गर्ने भएका छन्।

गैर आवासीय नेपाली संघ एनआरएन राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजनामा नाकावन्दी र त्यसबाट नेपाली जनतामा परेको असरका बारेमा विश्व समुदायलाई जानकारी गराउन विरोध प्रदर्शन गर्न लागिएको हो। 

एनआरएन एनसीसी अमेरिकाका महासचिव तिलक श्रेष्ठले नोभेम्बर १७ तारेखमा संयुक्त राष्ट्र संघको भवन अगाडि विरोध प्रर्दशन गर्ने विज्ञप्ती मार्फत जानकारी दिएका छन्। 

दिउ“सो १२ देखि तीन बजेसम्म हुने विरोध कार्यक्रममा उपस्थित हुन न्युयोर्क र आसपासमा रहेका नेपालीलाई विज्ञप्तीमा अनुरोध गरिएको छ। विरोध कार्यक्रममा एनआरएन सहित नेपालीहरुका अन्य संघ सस्थाले पनि ब्यक्तिगत तथा संस्थागत रुपमा भाग लिने जनाइएको छ।

विरोध सभामा भाग लिन आउँदा नेपाली राष्ट्रियता झल्काउने पोशाक र नेपालको राष्ट्रिय झण्डा साथमा ल्याउन पनि एनआरएन एनसीसी अमेरिकाले अनुरोध गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell