PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बन्दैन देश युवा पुस्ताले योगदान नगरे


लक्ष्मण शर्मा न्यौपाने/पहिलोपोस्ट

बन्दैन देश युवा पुस्ताले योगदान नगरे
हाम्रो देश वास्तवमै बहुगुणले सुसज्जित छ। जलमा विश्वको दोस्रो, प्राकृतिक सौन्दर्य, श्रोत र साधनमा पनि धनी छ। विश्वको सर्वोच्च शिखर सगरमाथा र गौतम बुद्धको उपदेश छ। संसारमा स्वाभिमानी, प्रतिभाशाली, मेहनती र इमान्दार उपमा पाएका गोर्खालीको साहस छ। संसारकै उत्कृष्ट सांस्कृतिक, भौगोलिक, बहुजाति, बहुभाषी, बहुपहिचानबीच आपसी सद्भाव र माया छ। यति धेरै विविधताको देश अरु होला?

यतिका सम्पूर्ण भएको हाम्रो नेपाल सधै गरीब, कमजोर र अविकसित छ तर, कतिपय राष्ट्र यी कुराको अभावबिना प्रतिदिन विकसित हुँदैछ तर, हामी किन पछाडि? हामी सोचौं त। हाम्रा पूर्वको काल्पनिक नेपाल यही हो? भावि सन्ततीको जीवनशैली यही हो? सायद पक्कै होइन।
अंग्रेजले संसारै निल्दासमेत पूर्वजले गिद्धे नजर पर्न दिएनन्। उनीहरु नेपाल नेपालीको मात्र हुनुपर्ने चाहन्थे। भावि पुस्ताको चिन्ता थियो। सुसम्पन्न नेपाल भावि पुस्ताले नै उपयोग गरुन भन्ने चाहन्थे।
 
नेपालीको अस्तित्वमा आँच नआओस् र दास नबनोस भन्ने चाहन्थे। जीवनको आहुती दिएर नेपाल साँचे। देशको जनसंख्यामध्ये करिब आधा युवाहरुले यस विषयमा एक पल्ट सोचेका छौँ? नयाँ पुस्ताको जीवन कस्तो हुनेछ भनेर? सायद छैनौँ। किनकि हामीसामु पाउनु पर्ने सुविधा छैन भनेपछिको पुस्ताका  बारेमा  कसरी  सोच्न सक्छौँ।  हामीसँग वर्तमान छैन भविष्यको कल्पना कसरी गर्न सक्छौँ?

आखिर किन निसार, पिल्सिएका,  र निसासिएका छन्? आज युवाहरुले यो प्रश्नको जवाफ खोज्नु जरुरी छ। नेपालको विकास नहुनु र निरासताको कारण के हो?

भौगोलिक र मौसममा सर्वोत्तममध्ये नेपाल एक हो। लगनशीलमा नेपाली जनता झन काममा कर्मष्ठ छन्। राष्ट्रको उच्च ओदामा बस्ने भ्रष्ट नेता सीधा बुझाईमा छ। तर, म तिनीहरुमात्र दोषीको भागिदार मान्दिनँ। यदि हो भने देशको उच्च पदमा किन पुर्याषइयो। त्यो पनि बारम्बार। मेरो विचारमा खराब व्यक्तिको चयनकर्ता नै दोषी हो।

त्यो व्यक्ति म स्वयम् हुँ। मेरो सबैभन्दा ठूलो दोष अरुको भर पर्नु हो। अरुको आशमा बस्नु, देश बनाई दिन्छ भन्ने मुर्ख सोचाई राख्नु। गलत व्यक्तिको चयन गर्नुले म दोषी हुँ। एउटा खराब नेता चयन गर्दा हजारौँ भ्रष्टहरुसँगै नियुक्त हुँदा एक भोटले हजारौँ भ्रष्ट जन्मिछन्। म स्वयमले विकास, प्रगति र भविष्य हेरेको भए देशको यस्तो हविगत हुने थिएन। नेपाल संसारकै सुन्दर र सुबिधा सम्पन्न देशमध्ये एक हुन्थ्यो। 

जे हुनु भै सक्यो, अब हात-खुट्टा लुलो पार्ने बेला भएको छैन। देश छ।  मेरो जोश र जागर छ। देश विकास नहुनुको कारण थाहा भैसक्यो। अब म किन निराश हुने? अब काम गर्ने बेला आएको छ। त्यसको निम्ति मैले तन, मन र निस्वार्थ देशलाई योगदान गर्नुपर्छ। आजैबाट म जस्तो अवस्थामा रहे पनि देशलाई योगदान गर्नुपर्छ। देशलाई पहिलो सूचीमा राखेर योगदान गर्नुपर्छ।

मैले राष्ट्रियतामा, पौरखी भएर, सृजनशील र प्रगतिशील भएर योगदान गर्नुपर्छ। विवेकशील, अनुशासित र मर्यादित भएर देशलार्इ योगदान गर्नुपर्छ। सम्पूर्ण नेपालीलाई एकै परिवार मानेर एक आपसमा एकता कायम गरेर योगदान गर्नुपर्छ।
 
विदेशिएका मेरा ६० लाख दाजुभाइ-दिदीबहिनीलाई आफ्नै देशमा काम गर्न मिल्ने वातावरण बनाउनुपर्छ। अन्यायको विरुद्ध लडेर मौलिकता, राष्ट्रिय सम्पति तथा प्राकृतिक, सांस्कृतिक र प्राचिन सम्पदालाई संरक्षण गर्नुपर्छ। लोभ लालचमा नपरी नेपाललाई माया गर्ने, शिक्षित युवा, जोस भएका, पौरखी व्यक्तिलाई निर्वाचनमा भोट हालेर असल नेता छान्ने परिपाटी बसाल्न योगदान गर्नुपर्छ।

देशलाई हत्या,  हिंसा, आतंक,  नारा-जुलुश र हड्ताल होइन आपसी समझ्दारीको खाँचो छ। बुद्धको उपदेशअनुसार शान्ति प्रदान गरेर देशलाई योगदान गर्नु छ। हत्या,  हिंसा र आतंकबाट कुनै पनि राष्ट्रको उन्नति, प्रगति र विकास हुन सक्दैन्। आज जुन राष्ट्रमा खराब पक्षले जरो गाडेको छ, ती राष्ट्रलाई भोकमरी, अनिकाल, महामारी र आर्थिक संकटले गाँजेको छ। त्यस अवस्थाबाट देशलार्इ बचाउन युवाहरुले एकता तथा  शान्तिको बाटो अपनाउन जरुरी छ। देशलाई जीवनको बलिदान होइन युवाहरुको योगदानको खाँचो छ।
 
"बन्दैन मूलुक दुई चारा सपूत मरेर नगए" हिजोको आश्यकता थियो। जति बेला तानाशाही राणा,  निरङ्कुश पञ्चायती व्यवस्था तथा शाही शासनबाट पीडित थियो। अहिले सबैखाले जन-आन्दोलनको अन्त्य हुने गरी जनताले हक हित तथा सार्वभौम अधिकारमा रगत बगाउनु पर्दैन। देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भैसकेको छ।
 
त्यसैले आजको आवश्यकता "बन्दैन देश युवा पुस्ताले योगदान नगरे" हो। अब देश निर्माणको साँचो युवाको हातमा छ। त्यसैले देशलाई योगदान गर्नुपर्छ। देश आज गरीब, कमजोर र अविकशित छ।  त्यसकारण देशलाई योगदानको अझ धेरै  खाँचो छ। मातृभूमिलाई आज म जस्ता युवाहरुको योगदानको सार्है नै खाँचो छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट